21 June 2021  |   सोमवार, असार ७, २०७८

शिक्षकको जीवन सुरक्षाको जिम्मा कसको ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

बाबुराम अधिकारी
कोहलपुर, बाँके

नेपाल कोरोना कहरको दोस्रो लहरको चपेटामा परिरहेको छ । पहिलो लहरबाट थला परेको नेपालको शिक्षा क्षेत्र दोस्रो लहरको चपेटाले झनै नराम्रोसंग अस्त व्यस्त बनेको छ । कोरोनाको दोस्रो लहर सुरु भइसकेपछिको छोटो समयमा देश भरी २०० भन्दा बढी शिक्षकहरुले आफ्नो ज्यान गुमााइसकेका छन । हजारौँको संख्यामा संक्रमित बनेका छन् । पहिलो चरणको कोरोना महामारी चलिरहेकै समयमा विद्यार्थीको पढ्न पाउने अधिकारलाई आफ्नो कर्तव्य ठानेर शिक्षकहरु टोल सिकाइ, विद्यालयमा वैकल्पिक कक्षाका विद्यार्थी बोलाएर शिक्षण गर्नेदेखि वैकल्पिक विधी समेत प्रयोग गरेर सिक्ने र सिकाउने कार्यलाई जीवन्त राख्ने प्रयासमा दत्तचित्त भएर लागेकै कारण सरकारले शैक्षिक सत्र खेर नफालेर अगाडी बढ्न सम्भव बनेको हो । दुर्भाग्य नेपाली शिक्षकले सुतेरै तलब खाएको अपमानजनक आरोप व्यहोर्न बाध्य पारियो ।

विभिन्न तहबाट अपमानजनक टिप्पणी समेत गरियो तर समाजमा जिम्मेवार शिक्षकहरु बिना शर्त आफ्नो कर्तव्यमा लागिरहे । अन्य क्षेत्रका पेशाकर्मीहरुले अग्रपंक्तिमा खट्नका लागि सरकारसँग विभिन्न माग राखिरहेको समयमा सामान्य सर्जिकल मास्ककै भरमा शिक्षकहरु विद्यालयमा उपस्थित भएर आफ्नो कार्यमा लागे । दुर्भाग्य सरकारले खोप लगाउन प्राथमिकीकरण गर्दा शिक्षक कहीँ कतै पर्न सकेन त्यसैको परिणाम स्वरुप आज यति धेरै शिक्षक साथीहरुले ज्यान गुमाउनु पर्यो । ति शिक्षकका हजारौँ लालाबालाहरु अभिभावक विहिन बनेका छन् । समाजले असल सामाजिक व्यक्तित्वहरु गुमाएको छ । संवेदनहिन राज्य संयन्त्रको आँखामा २०० संख्या ठूलो नहोला तर आज लाखौँ शिक्षकको मनोवल खस्केको छ । आफ्ना सहकर्मी गुमाउन पर्दा शिक्षकको कुन मनोदशा होला र अब कुन मनोवलले कार्य क्षेत्रमा खट्लान् ?
मिनि समाजकै रुपमा रहने विद्यालयमा दैनिक सयौँ विद्यार्थीसंग सिक्ने र सिकाउने कार्य गर्ने शिक्षकलाई कोरोना संक्रमणको खतरा देख्न नसक्ने रतन्धो लागेको स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र शिक्षकको स्वास्थ्यमा भइरहेको खतरा आंकलन गर्न नसक्ने र संसक्त आवाज उठाउन नसक्ने निकम्मा शिक्षक महासंघ तथा पेशागत संघ सङ्गठनहरुको नेतृत्व नै शिक्षकको यति ठूलो संख्यामा भएको मृत्युको जिम्मेवार छन् । आज पनि शिक्षकलाई राष्टÈसेवक भन्न नसक्ने लाचार सरकार यति ठुलो संख्यामा मृत्यु वरण गर्न पुगेका शिक्षक तथा प्राध्यापकको पक्षमा आधिकारीक विज्ञप्ति समेत जारी गर्न आवश्यक ठानेको छैन । मृतक शिक्षकका नावालक छोरा छोरीको पालन पोषण तथा शिक्षाको सवालमा पेशागत ंसंगठनहरुको धारणा के हो ? आगामी शैक्षिक सत्रमा विद्यालयहरु शुरु हँुदा शिक्षक कसरी विद्यालय जाने हो ? शिक्षकको स्वास्थ्य सुरक्षाको सवालमा के कति पहल भइरहेको छ ? यि सवालहरु अनुत्तरित छन् । यि सवालहरुको उत्तर कसले दिने ? यि र यस्तै समस्यामा शिक्षकको पक्षमा बुलन्द आवाज उठाउनको लागि नै शिक्षकले नेपाल शिक्षक महासंघ तथा दर्जनौ पेशागत संगठनको नाममा वर्षौदेखि लेवी बुझउँदै आएका छन । सधँै शिक्षकलाई पेशागत सुरक्षाको नाममा गोलमटोल भाषण गरेर टार्ने शिक्षकको नेतृत्वले अहिलेको विषम अवस्थामा शिक्षकको जीवन जोगाउनका लागि अहम् तथा प्रभावकारी भुमिका खेलोस् भन्ने अपेक्षा आम शिक्षकले गरेका छन् । सम्पुर्ण शिक्षकका घटकहरु एकजुट भएर सरकारसंग मृत शिक्षकका छोरा छोरीको सुरक्षा तथा शिक्षकको जीवन रक्षाको लागि सार्थक पहल गर्नुपर्दछ।

किन सुनिदैन शिक्षकका माग : नेपालमा शिक्षा क्षेत्र कहिल्लै कुनै पनि राजनीतिक दलको प्राथमिकतामा पर्न नसक्दा न त शिक्षाको गुणस्तर विकास हुन सकेको छ न त शिक्षण पेशा सम्मानित बन्न सकेको छ तर हामी शिक्षकहरु प्रतिष्पर्धा गरेर सबै राजनीतिक दलका झोला बोकेर आफ्ना काँध गलाइरहेका छाँै । शिक्षकका मागहरु राज्यद्धारा नसुनिनुमा शिक्षकका नेतृत्व गर्ने विभिन्न पेशागत संगठनको नेतृत्व जिम्मेवार छ । पदकै लागि शिक्षक महासंघमा भइरहेको विवाद तथा राजनीतिक नेतृत्वसंगको मिलेमतोमा प्राप्त गर्ने विभिन्न सुविधाहरुले पनि उच्च तहका नेतृत्वले प्रभावकारी भुमिका खेल्न सकेका छैनन् । यदि इमान्दारीका साथ शिक्षकको नेतृत्व गर्ने हो भने सबै संगठनका नेताहरुले शिक्षकको हक हित र जीवन रक्षाका लागि २०७८ सालको नयाँ शैक्षिक सत्र शुरु गर्नु अगाडी सम्पुर्ण शिक्षकलाई खोपको सनिुश्चितताको लागि एक सुत्रिय माग उठाउनु पर्दछ । शिक्षकका समस्याहरु जस्ताको तस्तै राखेर उनीहरुमा सधँँै पेशागत सुरक्षाको तरवार देखाएर शिक्षकलाई आफ्नो राजनीतिक अभिष्ठ पुरा गर्न अभ्यस्त नेपालका राजनीतिक दलहरुको गैर जिम्मेवार भुमिकाका कारण शिक्षकका तमाम समस्याहरु समाधान हुन सकेका छैनन् ।

हाम्रो दायित्व :  हामी शिक्षकहरु विद्यार्थीको भविष्य प्रति जिम्मेवार हुनै पर्दछ । हाल शैक्षिक सत्र २०७७ को मुल्यांकन गरेर नतिजा तयार गर्न विभिन्न स्थानिय तहहरुले सुचना जारी गरे अनुसार सुरक्षित भएर तयारीमा लाग्नु पर्दछ, सक्दो वस्तुनिष्ठ भएर मुल्यांकन गरी नतिजा तयार पार्नु आजको आवश्यकता हो । शैक्षिक सत्र २०७८ पनि सहज होला जस्तो छैन । विद्यालयमा भौतिक उपस्थितीमा कक्षा सञ्चालन हुन लामो समय लाग्ला तसर्थ वैकल्पिक विधीको लागि आफुलाइ तयार पार्ने कुरामा हामी शिक्षकहरु लाग्नु पर्दछ । हाल कोरोना समुदायमा फैलिएको अवस्थामा सचेतना वृद्धि तथा सहयोगमा हाम्रो भुमिका महत्वपुर्ण रहन्छ । कक्षा १० तथा कक्षा १२ का विद्यार्थीहरु आफ्नो अध्ययन तथा परिक्षाको बारेमा चिन्तित छन् तसर्थ विद्यार्थीका सम्पर्कमा रहेर यथार्थ जानकारी गराउने तथा मनोवैज्ञानिक सल्लाह सुझाव दिएर आफ्नो कर्तव्य पुरा गरौँ । यो समयमा हामीले आफुलाई सुचना प्रविधिका विभिन्न सिपसंग परिचित बनाएर भविष्यमा आइपर्ने अफ्ठेरो समयमा अनलाइन कक्षा जस्ता वैकल्पिक कक्षा सञ्चालन गर्न सकियोस् । मुख्य कुरा हामी आवद्ध सबै शिक्षकका पेशागत संघ संगठनलाई स्पष्ट चेतावनी दिउँ अब गोलमटोल भाषण होइन शिक्षकको जीवन रक्षा पहिलो शर्त बनोस् । अब हामी आम शिक्षकले आआफ्ना पेशागत शिक्षक संगठनमा निम्न कुरा तथा मागहरु उठाउनु पर्दछ ।

 शिक्षकलाई खोप उपलव्ध नगराई भौतिक कक्षा सञ्चालन नहुने कुराको ग्यारेण्टी गर्न आआफ्नो संगठनमा दवाव दिउ ।
 शिक्षकको भुमिकाको मुल्याङ्कन गरि राष्टÈसेवक निजामती कर्मचारी सरह सम्पुर्ण सेवा तथा सुविधा राज्यबाट प्राप्त गर्न निर्णायक आन्दोलन गर्न दवाव दिऊँ ।
 विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीको तलब सन्दर्भमा ठोस पहल गर्न दबाव दिऊँ ।
 वर्षौदेिख कार्यरत राहत तथा साबिक उच्च माध्यमिक तहमा कार्यरत अस्थायी तथा अनुदानका शिक्षकको पेशागत सुरक्षा कायम गर्ने गरि व्यवस्थापन गरियोस् ।
 देश संघियतामा गईसकेपछी विभिन्न बहानामा शिक्षकलाई राजनीतिक पुर्वाग्रहका कारण स्थानिय सरकारद्धारा दिइने दःुख लाई रोक्न सार्थक पहल होस् ।
 गे्रड तथा बढुवामा भइरहेको विभेद अन्त्य गरी कर्मचारी सरह व्यवस्थापन गरियोस् ।
 विद्यालय अनुगमनलाई वैज्ञानिक तथा नियमित गरी शिक्षाको गुणस्तर वृद्धिको लागि शिक्षकमा पारदर्शी रुपमा दण्ड र पुरस्कारको व्यवस्था गरियोस् ।
 नयाँ शिक्षक विज्ञापन तथा बढुवालाई समयमा अगाडी बढाउन शिक्षक सेवा आयोगलाई अविलम्ब पुर्णता दिन दबाव सृजना गरियोस् ।

हाल शिक्षकहरुले भोग्नु परेका तमाम समस्याका साथै तत्कालिन समस्यालाई समाधान गर्न सम्पुर्ण शिक्षक एक भएर एकताबद्ध आवाज बुलन्द गर्नु पर्दछ । हामीले वर्षौदेखि विश्वास गरेका पेशागत संगठनले अब गोलमटोल भाषण गरेर राज्यलाई गाली गरेर मात्र उम्कन पाउने छैनन् । हाम्रा तमाम समस्या समाधान गर्नको लागि सार्थक पहल गर्नु पर्ने छ । अन्यथा हामी शिक्षकले झोले शिक्षकको बिल्ला भिरेर कसैको राजनीतिक अभिष्ठको भरिया बन्नुको कुनै औचित्य छैन । आज सम्म राजनीतिक दलहरुको अभिष्ठ पुरा गराउन दर्जनौ पेशागत संगठनमा फुट्यौ अब आफ्नो पेशागत सुरक्षा, सम्मान र जीवन सुरक्षाका लागि एकजुट भएर आवाज उठाउनुको विकल्प छैन् ।

 

 

 

 

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     6:00:49 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *