गायक प्रमोद खरेल दोस्रो पटक कोरोना भाइरसबाट मुक्त



काठमाडौँ– गायक प्रमोद खरेल दोस्रो पटक कोरोना भाइरस संक्रमित भएका छन्। उनले फेसबुक मार्फत आफू दोस्रो पटक कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका छन्।

आफूले पहिलोपल्ट कोरोना भाइरस रोकथामको लागि पहिलो डोज भ्याक्सिन लगाएको भएपनि आफू संक्रमित भएको बताएका छन। उनले पहिला भाइरस संक्रमित भइसकेको र खोप लगाएको भएपनि सचेत रहन आग्रह गरेका छन्।

आफू आइशोलेशनबाट मुक्त भएको जानकारी दिँँदै उनी लेख्छन्, ‘उपचारमा सहयोग गर्नुहुने डा.सौरभ श्रेष्ठ तथा हौसला र सुझावको निम्ती मनिष, किरण केसी तथा बैनी मञ्जुलाई धेरै धन्यवाद!’


गायक खरेललाई पहिलो चरण कोरोना भाइरस महामारीमा पनि संक्रमण भएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार