8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

देशभर थप ६७१६ डिस्चार्ज, ६ हजार ७ सय १४ जना संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थ,प ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

योसँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका थिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ । यस्तै १० वर्षमुनिका १८६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ११३९, कास्कीमा ५००, रूपन्देहीमा ३४९, सिन्धुपाल्चोकमा ३४२, गोरखामा, २६६, सुनसरीमा २५५, झापामा २४९, ललितपुरमा २४१ र मोरङमा २३१ जना कोरोना संक्रमित थपिएका थिए । बाँकेमा १९९, काभ्रेपलाञ्चोकमा १५७, बर्दियामा १५५, तनहुँमा १४५, सिन्धुलीमा १२९, सुर्खेतमा १२२, धादिङमा ११९, सर्लाहीमा ११६, भक्तपुरमा ११३,लमजुङमा १०७, धनुषामा १०४ र मकवानपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै चितवनमा ९९, गुल्मीमा ९४, बैतडीमा ८६, मनाङमा ७६, महोत्तरी, दोलखा र पाल्पामा ६९/६९ जना, अछाममा ६८, सप्तरीमा ६६, दाङ र रोल्पामा ५६/५६ जना, नवलपरासी पश्चिम र रूकुम पश्चिममा ५१÷५१ जना, धनकुटा, दैलेखमा ४७÷४७, कञ्चनपुरमा ४५ र संखुवासभामा ४० जना संक्रमित थपिएका थिए ।

रौतहटमा ३८, पर्वतमा ३७, सिरहामा ३३, बारा र कैलालीमा ३१/३१ जना, डोटीमा २९, रामेछापमा २७, पर्सामा २४, नुवाकोटमा २२, रसुवामा २१, खोटाङमा २०, कपिलवस्तुमा १९, स्याङ्जामा १८, अर्घाखाँचीमा १७, जुम्ला र डडेलधुरामा १६÷१६ जना, भोजपुर र बागलुङमा ७÷७ जना संक्रमित थपिएका हुन् ।

यस्तै प्युठानमा ६, उदयपुर, ओखलढुंगा, सोलुखुम्बुमा ४/४ जना, ताप्लेजुङमा ३, इलाम, तेह्रथुम, नवलपरासी पूर्वमा २÷२ जना तथा पाँचथर, म्याग्दी, रूकुम पुर्व, कालीकोट, जाजरकोट, सल्यानमा र बाजुरामा १÷१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     7:25:47 AM  |