28 April 2024  |   सोमवार, बैशाख १७, २०८१

जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

खलङ्गा, (रासस) ः जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।

सदरमुकाम क्षेत्रमा कोरोना सङ्क्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताउनुभयो । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त भएको यहाँका किसान बताउँछन् ।

गत कात्तिक÷मङ्सिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताउनुभयो । जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:54:26 AM  |