अस्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि त्यहाँको सरकारलाई आग्रह गरेको छ।
कोरोना भाइरसको महामारीका कारण त्यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ। महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अस्ट्रेलिया फर्किन पाएका छैनन्।
अस्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर सुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन। महामारी सुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलाको छैन।
जसका कारण विदेशी विद्यार्थीहरु अस्ट्रेलिया फर्किन पाएका छैनन्। अस्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ।
यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ। त्यसैले त्यहाँका विश्वविद्यालहरुले आफ्ना देश गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन्। सिन्ह्वा










प्रतिक्रिया दिनुहोस्