नेपालगञ्ज ।
बाँकेका पछिल्लो २४ घण्टामा शुक्रबार थप २ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला तीन प्रयोगशालामा गरिएको परीक्षणमा ७९ महिला र १ सय २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८५ महिला र ९७ पुरुष गरि १ सय ५५, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा १२ महिला र १९ पुरुष गरेर ३१ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ९ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ३ सय पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । तीमध्ये ६ हजार ९ सय २९ महिला र ९ हजार ३ सय ७१ पुरुषहरु रहेका छन् ।
पछिल्लो २३ घण्टामा जिल्लामा १ सय ५५ महिला र १ सय ८३ पुरुष गरेर ३ सय ३८ जना कोरोना जितेर घर फर्किएका थिए । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या ५ हजार ९ सय ३३ महिला र ८ हजार ९१ पुरुष गरेर १४ हजार २४ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालहरुमा १७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।
तीमध्ये ४ महिला र ६ पुरुष गरि १० जना बाँके जिल्लाभित्रका तथा ३ महिला र ४ पुरुष गरेर ७ जना जिल्लाबाहिरका संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । बाँकेका अस्पतालमा उपचारका क्रममा जिल्लाभित्र र जिल्ला बाहिरका गरेर ४ सय ९१ को मृत्यु भइसकेको छ । तीमध्ये १ सय ८२ महिला र ३ सय ९ पुरुष रहेका छन् । जिल्लामा २ हजार ७ जना आइसोलेसनमा रहँदा ४ सय २४ जना अस्पताल र आइसोलेसनमा छन् भने १ हजार ७ सय ८ जना होम आइसोलेसनमा छन् ।









प्रतिक्रिया दिनुहोस्