26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

अक्सिजन किन्न एघार लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७८  

दाङ ।

दाङको दंगीशरण गाउँपालिमामा कोभिड अस्पताल बनाउन र अक्सिजन खरिदका लागि अमेरिकामा बस्ने युवाहरुले एघार लाख रुपैयाँ सहयोग गरेका छन् । दंगीशरण घर भइ हाल अमेरिकामा बस्दै आएका २३ जना युवाले ११ लाख १९ हजार नौ सय ८० रुपैयाँ सहयोग पठाएका छन् । दंगिशरण गाउपालिकास्थित कोभिड अस्पताल बागरमा अक्सिजन सिलिण्डर खरिद र अस्पताल ब्यबस्थापनका लागि उनीहरुले सो रकम पठाएको स्थानीय युवा अगुवा नवीन थापा ‘नूतन’ले जानकारी दिए ।

जसअनुसार सबैभन्दा धेरै रकम बागरका शोभाराम ओलीले एक लाख २२ हजार ३२ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै राजपुरका नरबहादुर डाँगीले एक लाख १६ हजार १ सय १६ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी राजपुरका खिलत ओलीले २३३१६।–, लेटारका डिल्ली रावतले ४०७१६।–, चखौराका गणेश चौधरीले ७३३१२, राजपुरका खिमराज ओलीले ८३,६३६, श्रीगाउँका सुशील नेपालीले ५८११६।–, राजपुरका जितेन्द्र ओलीले ४०,६००।–, राजपुरकै सन्दीप डाँगीले ५८ हजार, पर्सडुवाका जागेश्वर डाँगीले ५८११६।– र सिम्ठानाका मनिष बुढाथोकीले ५८,५८०।– सहयोग गरेका हुन् ।

त्यसैगरी लेटारका कमल केसीले २४३५०।–, राजपुरका भरत डाँगीले २३७८०।–, बुटनियाँका सन्दीप ओलीले ७५५१६, बागरका खिमबादुर ओलीले ३४८००।–, श्रीगाउँका प्रवेश ओलीले १७५१६।–, लेटारका देव खड्काले ४०६००।–, राजपुरका फलत डाँगीले ४०६००।–, सोही गाउँका गोपाल डाँगीले ४१७६०।– र सोही गाउँका भीमबहादुर ओलीले ४०६००।– सहयोग गरेका हुन् ।

त्यसैगरी प्रकाश ओलीले सात हजार ७६, आनन्द रावतले ११ हजार सात सय १६ र कृष्ण रेउलेले ११ हजार ६ सय सहयोग गरेको युवा नेता नवीनले जानकारी दिए । गाउँपालिकामा कोभिड अस्पताल र अक्सिजन खरिदको लागि अहिले युवा नेता नवीन र वीरु ओलीले अभियान चलाइराखेका छन् । सोही अनुसार अमेरिकाबाट नेपालीहरुले ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७८     9:36:00 AM  |