17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

संक्रमितको घरघरमै पुगेर स्वास्थ्य सामग्री बाँड्दै वडाध्यक्ष रामलखन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

कोहलपुर ।

बाँके राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु स्वास्थ्य सामग्री बोकेर कोरोना संक्रमितहरुको घर घर पुगिरहेका छन् ।

संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थामा बुझ्न वडाअध्यक्ष थारु स्वास्थ्यकर्मी, औषधी लगायतका सामग्रीहरु लिएर घर घरमा पुगिरहेका छन् ।

वडाअध्यक्षसहितको टोलीले संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्थ दिने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी, मास्क, स्यानीटाइजर, डिजिटल थर्मोमिटर, साबुन आदि दिने गरेको छ ।

‘अहिलेसम्म हाम्रो वडामा कोरोना नियन्त्रणकै अवस्थामा छ’ वडाअध्यक्ष थारुले भने, ‘केही संक्रमितहरु होम आइसोलेसनमा हुनुहुन्छ ।

उहाँहरुको स्वास्थ्य अवस्थाप्रति वडा कार्यालय सचेत छ ।’ होम आइसोलेसनमा रहेकाहरुले आफ्नो स्वास्थ्यमा समस्या आएमा जुनसुकै बेला पनि आफुहरुलाई सम्पर्क गर्नसक्ने उनले बताए ।

होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा समस्या भए कुनैबेला पनि सुविधासम्पन्न अस्पताल निःशुल्क लैजानको लागि एम्बुलेन्स तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको वडा नम्बर ७ को वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     10:16:15 AM  |