भारतमा टाउटे तुफानका कारण समुद्रमा पानी जहाज डुबेको छ। मुम्बईबाट १७५ किलोमिटर टाढा रहेको पि-३०५ जहाज डुबेको समाचारहरुमा जनाइएको छ।
उक्त जहाजका १४६ जनालाई भारतीय नौसेनाले उद्धार गरिसकेको छ। बाँकी मानिसहरु बेपत्ता रहेका छन्। भास्करले १३० जना हराइरहेको जनाएको छ। यही ठाउँमा भारतको अर्को जहाज पनि फसेको बताइएको छ। उक्त जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्धार भइसकेको जनाइएको छ।
भारतीय नौसेनका प्रवक्ता विवेक माधवालले बेपत्ताको खोजीका लागि दुई जहाज पठाइसकेको बताएका छन्। यसैगरी हेलिकप्टरबाट पनि सेनाले बेपत्ताको खोजी गरिरहेको जनाए। पछिल्लो समय अत्यन्त शक्तिशाली भनिएको टाउटे तुफानका कारण भारतका विभिन्न शहरमा मानिसहरुको ज्यान जानुका साथै जनजीवनलाई प्रभावित बनाएको छ।
प्रकाशित मिति : २०७८ जेठ ५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्