बाँकेमा कोरोना कहर, २०३ डिस्चार्ज, २०६ थपिए



कोहलपुर ।

बाँकेमा पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । १ सय ९ महिला र ९३ पुरुषले कोरोना जितेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १२ हजार ६ सय ८८ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार कोरोना जित्नेहरुमा ५ हजार ३ सय २१ महिला र ७ हजार ३ सय ६७ पुरुष रहेका छन् । केही सातायता कोरोना जित्नेहरुको संख्या बढिरहेको फोकल पर्सन ओलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ सय ३ जनाले कोरोना जित्दा २ सय ६ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीका अनुसार ९१ म्हिला र १ सय १५ पुरुषमा संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा गरिएको परीक्षणमा ६४ महिला र ९० पुरुष गरि १ सय ५४, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १० महिला र १६ पुरुष गरि २६ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १७ महिला र ९ पुरुष गरि २६ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ८ सय १५ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । तीमध्ये ६ हजार ७ सय २६ महिला र ९ हजार ८९ पुरुष रहेका छन् । जिल्लामा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १ महिला र १ हजार ५ सय ८१ पुरुष गरेर २ हजार ८ सय ८२ जना रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

उनका अनुसार १ हजार ९८ महिला र १ हजार ४ सय ३४ पुरुष गरेर २ हजार ५ सय ३२ संक्रमित होम आइसोलेसनमा रहेका थिए । ४ सय ८१ जना अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका कोभिड अस्पतालमा ११ जना संक्रमित उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लाभित्रका ५ र जिल्लाका बाहिरका ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा जिल्ला भित्र र बाहिरका गरेर कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ४५ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ५ गते बुधबार