२४ घण्टामा ६६४८ संक्रमण मुक्त हुँदा ७३६८ संक्रमित थपिए : १४५ को मृत्यु



काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २७३ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जनाले भने कोरोना जितेका छन्। त्यैगरी २४ घण्टामा १४५ जनाको कोरोनाले ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार