19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम: अक्सिजन किन्न अथकले छुट्याए ३० लाख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८  

कोहलपुर ।

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरर्गतबाट बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ले अक्सिजन सिलिण्डर खरिदका लागि ३० लाख रकम छुट्याएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने तीन स्थानीय तहमा रहेका अस्पतालहरुमा अक्सिजन सिलिण्डर खरिदका लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरर्गतबाट बजेट छुट्याएका हुन् ।

क्षेत्र नम्बर १ मा पर्ने कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको लागि ३० लाख रुपैयाँ कार्यक्रमबाट रकमान्तर गरेर ३० लाख छुट्याइएको हो ।

सांसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाउँपालिकालाई १० लाख र राप्तीसोनारी गाउँपालिकालाई ५ लाख रकम विनियोजन गरीएको छ ।

जिल्लाका ठूला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि सांसद अथकले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका अस्पताल र आईसोलेसन सेन्टरमा अक्सिजनको सहज आपूर्तिका लागि रकम रकमान्तर गरेको उनले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     9:40:48 AM  |