8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

बाँसगढीमा बजार अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८  

मधुर पौडेल । बर्दिया ।

ईलाका प्रशासन कार्यालय बाँसगढीले बाँसगढीमा बजार अनुगमन गरेको छ । बजारमा रहेका खाद्यान्न तथा फलफुल पसलहरुको ईलाका प्रशासनको अगुवाईमा सोमबार अनुगमन गरिएको हो ।

कोरोना महामारीको बेला मापदण्ड अनुसार व्यवसाय सञ्चालन भएका छन् की छैनन् भनेर अ

नुगमन गरिएको ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले बताए ।

उनका अनुसार अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको, सामानको मुल्य सूची राखे नराखेको लगायतको समेत अनुगमन गरिएको थियो ।

‘ग्राहक व्यवसायी सबैलाई कोरोना संक्रमणबाट सुरक्षित राख्नको लागि व्यवस्था मिलाइएको छ की छैन भनेर अनुगमन गरेका थियौं’ उनले भने, ‘सोमबार मात्रै हामीले प्रतिनिधीको रुपमा खाद्यान्न र फलफुलका १३ वटा पसलहरु अनुगमन गरेका थियौं ।’

अनुगमनको क्रममा अन्य कुराहरु ठिकै पाइएपनि कतीपय पसलहरुमा मुल्यसूची नराखेको पाइएको कार्यालय प्रमुख आचार्यले बताए ।

अनुगमन टोलीले मुल्यसूची नराखेका पसलहरुलाई राख्न निर्देशन दिनुका साथै कोरोना संक्रमणबाट बच्नको लागि स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय गर्न आग्रह गरेको थियो ।

अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख आचार्य, नायब सुब्बा मोहन लम्साल, बाँसगढी नगरपालिकाका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रसिहं थापा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     9:24:06 AM  |