बाँकेमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना जितेर डिस्चार्ज भएका छन् । १ सय २३ महिला र १ सय ७० पुरुष गरि २ सय ९३ जना डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना जितेर घर फर्किहरुको संख्या ७ हजार ३ सय ६ रहेको छ ।
तीमध्ये २ हजार ८ सय ३० महिला र ४ हजार ४ सय ६७ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा ७६ वर्षीय एक वृद्ध समेत रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । ती पुरुष बैजनाथ गाउँपालिका, ५ का पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा बुधबार बाँकेमा थप ३ सय ८० संक्रमित थपिएका थिए । जिल्लाका दुई प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ८२ महिला र १ सय ९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा ८७ महिला र ७५ पुरुष गरी १ सय ६२ र बागेश्वरीको ल्याबमा ९५ महिला र १ सय २३ पुरुष गरी २ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको ल्याबको रिपोर्ट भने यो समाचार तयार पार्दासम्म आएको थिएन । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७९ पुगेको छ । तीमध्ये ४ हजार ७ सय ४६ महिला र ६ हजार ७ सय ३३ पुरुष रहेका छन् । बाँकेमा अहिलेसम्म संक्रमणका कारण जिल्लाभित्रका १ सय ४८ जनाको मृत्यु भएको छ ।
तीमध्ये ६२ महिला र ८६ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा मृत्यु हुने जिल्ला बाहिरका संक्रमितको संख्या भने ३२ महिला र ९४ पुरुष गरी १ सय २६ रहेको छ । बुधबार साँझसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ४६ महिला र २ हजार १ सय ८१ पुरुष गरी ४ हजार २७ रहेको थियो ।
तीमध्ये १ हजार ७ सय ६६ महिला र १ हजार ८ सय १५ पुरुष गरी ३ हजार ५ सय ८१ सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । ५ सय ८० संक्रमितहरु भने अस्पताल तथा सामुदायिक आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।










प्रतिक्रिया दिनुहोस्