25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नयाँ दिल्लीमा पेट्रोल लिटरको १४५ रुपैयाँ पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

नयाँ दिल्ली।

भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ। बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ।

राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४(१४५ रुपैयाँ १८ पैसा) कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ। भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए।

मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो। सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन्। रासस/पिटिआई

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     4:05:12 PM  |