17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

थप ३४५ ले बाँकेमा जिते कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८  

नेपालगञ्ज ।

पछिल्लो २४ घण्टामा सोमबार बाँके जिल्लामा थप ३४५ जनाले कोरोना जितेका छन् । १५५ महिला र १९० पुरुष गरि थप ३४५ जना कोरोना जितेर घर फर्किएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेका अनुसार योसँगै कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ हजार ६ सय ७१ पुगेको छ । तीमध्ये २ हजार ५ सय ५६ महिला र ४ हजार १ सय १५ जना पुरुष रहेका छन् ।

पछिल्लो समय बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या बढिरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । ‘कोरोना जितेर घर फर्किहरुको संख्या बढिरहेको छ । यो सबैको लागि खुशीको कुरा हो’ उनले भने, ‘सोमबार मात्र १ वर्षीय बालक र ७० वर्षका वृद्ध समेत कोरोना जित्नुभएको छ ।’ बैशाख १६ गते यता कोरोना निको हुनेको संख्या पनि बढेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेको तथ्यांकले देखाउँछ ।

केन्द्रको तथ्यांक अनुसार बैशाख १६ मा २ सय ४४, १७ गते २ सय ५, १८ गते २ सय ५० र १९ गते ३ सय ५ जनाले कोरोना जितेका थिए । सोमबार साँझसम्मको तथ्यांकअनुसार बाँकेमा कुल कोरोना संक्रमितको संख्या १० हजार ५ सय ८० जना रहेको थियो । तीमध्ये ४ हजार ३ सय १० महिला र ६ हजार २ सय ७० पुरुषहरु रहेका छन् । कोरोना संक्रमणका कारण बाँके भित्रका ६० महिला र ७९ पुरुष गरेर १३९ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन ओलीले जानकारी
दिए । उनका अनुसार जिल्ला बाहिरका संक्रमितको बाँकेमा ३१ महिला र ९२ पुरुष गरि १२३ जनाको मृत्यु भइसकेको छ । बाँकेमा सोमबार साँझसम्म ३ हजार ७ सय ७० जना सक्रिय कोरोना संक्रमित रहेका थिए । केन्द्रका अनुसार तीमध्ये १ हजार ६ सय ९४ महिला र २ हजार ७६ जना पुरुष रहेका छन् । ३ हजार ४ सय २३ होम आइसोलेसन तथा ४८५ अस्पताल र आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     9:59:56 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *