मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७८
कोहलपुर – बाँकेको कोहलपुर नगरपालिकाले शुत्रबार हिजो देखि कोहलपुर नगरपालिकाका नागरिकहरूको सुबिधाका लागि पिसिआर परिक्षण गर्न स्वाब संकलन कार्यको शुरूवात भएको छ ।
कोरोना संक्रमितको संख्या अधिक रहेको कोहलपुर नगरपालिकाका संकास्पद विरामीको पिसिआर परीक्षणको लागि नेपालगञ्जसम्म आउनु पर्ने बाध्यता हटेको नगरकार्यपालिा सदस्य डिलबहादुर परियारले जानकारी दिनुभयो।
उहाँले हरेक दिन स्वाब संकलनको लागि साझको ५ बजे नगर सभाहलमा तोकिएको बताए । यसअघि कोहलपुर नगरपालिकाले पिपरीमा रहेको क्षेत्रीय कृषि विकास बैंकको तालिम कक्षमा अक्सिजन सुविधा सहितको आईशोलेशन वार्ड सञ्चालनमा आएको छ ।