7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सम्पादकीय : सीमाबासीका समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

सामान्य उपचार नपाउँदा शनिबार र आइतबार दाङ जिल्लाको सीमा क्षेत्रमा पर्ने चप्रिया गाउँका दिदिबहिनीले ज्यान गुमाए । हुन् त सीमा क्षेत्रका नागरिकहरुले सामान्य बिरामी हुँदा समेत सिटामोल नपाएर मर्नु कुनै नौलो कुरो होइन नेपालमा । जिल्लाको राजपुर गाउँपालिका दुर्घम स्थानीय तह समेत मानिन्छ । भारतसँग सीमा जोडिएको यो पालिकामा स्वास्थ्य, शिक्षा, खानेपानीका सुविधाले पछाडि रहेको छ । स्वास्थ्यको सुविधा नहुँदा जीवनजल नपाउँदा चप्रिया गाउँमा एकै घरमा दिदिबहिनीले केही घण्टाको अन्तरमा ज्यान गुमाउन बाध्य भए । गाउँपालिकाको वडा नम्बर ६ को खांग्रानाकामा पर्दछ चप्रिया गाउँ । यहाँका नागरिकहरु अधिकांश सेवा सुविधा पाउन भारतीय बजारकै भर पर्नुपर्छ ।

आफैले मारेर ल्याएका माछा खाँदा झाडापखाला लागेका एकैघरमा दिदिबहिनीले जीवनजल नपाएरै ज्यान गुमाउनुप¥यो । चप्रिया गाउँका ११ वर्षीया रिता र १३ वर्षीया बिनिता बुढा मगरको मृत्यु भएको थियो । रिताको शनिबार राती १० बजे र बिनिताको आईतबार बिहान ६ बजेतिर मृत्यु भएको हो । जेठी बिनिता श्री बाल कल्याण मावि कक्षा ६ मा र बहिनी रिता कक्षा ४ मा अध्ययनरत थिए । राजपुर गाउँपालिका नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्छ । राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ । भारतीय सरकारले स्थानीय निकायको निर्वाचनका कारण आइतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान पाएका थिएनन् ।

नजिकैको भारतीय बजारमा उपचारका लागि लैजान नपाउनु र नेपालमा औषधी उपचार नपाएकै कारणले दुवै जनाको औषधी कुर्दाकुर्दै मृत्यु भयो । सँगै माछा खाँएका अन्य एकैघरमा चारजना समेत बिरामी परेका थिए । गाउँपालिकाको केन्द्रबाट स्वास्थ्यकर्मीसहितको टोली पुगेपछि उनीहरुको स्वास्थ्यमा भने सुधार आइसकेको छ । भारत र चीनसँग सीमा जोडिएका गाउँमा रहेका नागरिकहरुले कहिलेसम्म आधारभुत सुविधा राज्यबाट पाउने भन्ने अहिलेको मुख्य कुरा हो । देशमा लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि अझै नाकामा नागरिकहरुले त्यसको प्रत्याभुती पाउन सकेका छैनन् । अब राज्यले सीमा संरक्षणमा अमुल्य योगदान पु¥याइरहेका नेपालीहरुलाई सेवा सुविधा दिन समेत आवश्यक छ । तब मात्र राज्यका नागरिकहरुले आफुलाई नेपाली नागरिक भएको प्रत्याभुती पक्कै गर्नेछन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     11:25:54 AM  |