बाँकेमा कोरोना संक्रमण अपेक्षित रुपमा फैलिरहेको छ । करिब दुई साताको अवधीमा बाँकेमा कोरोनाको महामारीले भयावह स्थिति सिर्जना भएको हो । कोहलपुर चार दिनयता ३ सय देखि माथि कोरोना संक्रमित थपिरहेका छन् । मृतकको संख्यामा समेत दैनिक सरदर ३÷३ जना रहेको छ । बैशाख १ गतेदेखिको तथ्यांक हेर्दा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । बाँकेमा हालसम्म हुल ८५ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या पुगेको छ । यसरी हेर्दा कोरोनाको स्थिति थेग्नै नसकिने अवस्थामा फैलिरहेको छ । कोरोनाले हरेक व्यक्तिमा विचरण गरिरहेको छ नेपालगन्जमा साताको लागि निषेधाज्ञा त गरिएको छ । तर त्यहाँको निषेधाज्ञा प्रभावकारी नभएको देखिन्छ ।
आजबाट जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय भएको छ । बाँकेमा कोरोनाको साङ्लो तोड्ने तत्कालीन अल्पकालीन योजना मध्ये यो पनि एक हो । कोरोना संक्रमणको दर हेर्दा निकै खतराको घण्टी बजिसकेको छ । यस्तो अवस्थामा हामीले गैरजिम्मेवार देखाउनु भनेको मृत्युलाई स्वीकार गर्नु जस्तै हो । मृतकको संख्यालाई मात्रै आधार मान्ने हो भने काल हाम्रै वरीपरी घुमिरहेको छ । तर अस्पताल भित्र बिरामीका आर्तनात सुन्ने मान्छे कोही पनि छैन । त्यहाँको अवस्था हेर्दा मात्रै कहाली लाग्दो अवस्था छ । पीडा भोग्ने मानिसहरुलाई कति पिरोल्दो हो । त्यसैले यतिबेला हामी गम्भीर नभइ सुखै छैन । अहिले अभाव खड्किएको भनेको जनशक्ति र स्वास्थ्य सामग्री हो ।
अस्पतालमा बेड अभाव हुदाँ सबै भन्दा ठूलो समस्या भोग्नु परेको छ । यो समस्या समाधान तत्काल गर्न नसके अझै कति जनाको अकालमा मृत्यु हुनेको त्यो यसै भन्न सकिने अवस्था छैन । अस्पतालमा कोरोना संक्रमित र कुरुवा सँगै सुत्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । अस्पतालका चिकित्सकहरुको चीत्कार पनि सुन्ने कोही पनि छैन । उनीहरुको बिरामीको अवस्था हेर्दा पनि आँखाबाट धुरुधुरु आँशु आउने बताउँछन् । सरकारलाई उनीहरुको माग छ,सरकार कोरोना संक्रमितका आवाज सुनियोस । अक्सिजन सहितको बेड आवश्यक छ । तर सरकारले कोरोना संक्रमितको अवस्था बुझेर सहयोग गर्नुपर्ने देखिन्छ । जिल्लामा निषेधाज्ञाको घोषणा भइसकेको छ । यो निषेधाज्ञाको लागि निषेधाज्ञा नहोस । अब बाँकेमा अक्सिजन सहितका सयौ बेड आवश्यक छ । सम्पूर्ण अनिवार्र्य स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ।