18 September 2024  |   बुधबार, अशोज २, २०८१

बैजनाथमा अन्तर पुस्ता संवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा मानव बेचविखनसम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रम गरेको छ । आइतबार रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्र्तगत बैजनाथ गाउँपालिकाको समन्वय सहकार्य र प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको आयोजनामा युवा बालबालिका र सरोकारवालाहरुसँग मानव बेचविखन सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रम गरेको हो ।

सो अन्तर संवाद कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष मन बहादुर खत्रीले मानव बेचविखन विरुद्ध सबै कटिबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए । उनका अनुसार खुला सीमाका कारण भारत जान सजिलो भएकाले बेचबिखनको चुनौती रहेको छ । विभिन्न नाका भएर भारत जाने नागरिक भारतकै बाटो भएर अवैध रूपमा अन्य मुलुकसम्म पुगिरहेको उनको भनाई थियो । यस्तै महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीका अनुसार मानव बेचविखनसम्बन्धी विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

उनले गाउँपालिकाबाट विभिन्न तालिम, गोष्ठी, सेमिनार, जनचेतना जस्ता कार्यक्रमहरु गरेको बताइन् । अहिले कोभिडका कारण गाँस, बाँस र कपासको समस्याले गर्दा मानव बेचविखन परिरहेका छन् त्यसकारण न्यूनिकरणका लागि सबै सरोकारवालाहरु लाग्नुपर्नेमा उनको जोड रहेको थियो ।

यस्तै सामाजिक विकास शाखाका संयोजक गुमान बहादुर दमाईले मानव बेचविखन कसरी हुन्छ भन्ने कुरा पहिले जान्नुपर्नेमा जोड दिएका
थिए । ‘अहिले मानव तस्करीले कसरी मानवहरु ओसारपसार गरिरहेको थाहा छैन, ‘गाउँपालिकामा समेत बैदेशिक रोजगारमा गएका व्यक्तिहरुको तथ्थांक छ तर अबैध बाटोबाट भएर बैदेशिक रोजगारमा गएकाहरुको तथ्थांक भने छैन’ उनले भने ।

मानव बेचबिखन विरुद्ध पैरवी

बैजनाथ गाउँपालिकामा १ दिने पैरवी कार्यक्रम समेत गरिएको छ । आइतबार बैजनाथ गाउँपालिकाको समन्वय सहकार्य र प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको आयोजनामा मानव बेचबिखन विरुद्धको क्रियाकलाप र कार्ययोजना सुनिश्चत गर्न स्थानीय सरकारसंग १ दिने पैरवी कार्यक्रम गरिएको हो । यस्तै गाउँपालिकाले मानव बेचबिखन सम्बन्धी के कस्ता कामहरु गरिरहेको छ ?

कस्तो किसिमको कार्ययोजना बनाएको छ वा छैन भन्ने विषयमा १ दिने पैरवी कार्यक्रम गरिएको बाँके युनेस्को क्लबकी सुपरभाइजर आशा गुरुङ्गले बताइन् । यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले मानवबेचखिन सम्बन्धी कार्यविधि र कार्ययोजना बनाइसकेको बताए । उनका अनुसार सोही कार्यविधि र कार्ययोजना अनुसार मानव बेचविखन विरुद्धका अभियानहरु सञ्चालन भैइरहेको बताए ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     2:31:13 PM  |