18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेमा ३०१ ले जिते कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

नेपालगञ्ज ।

बाँके जिल्लामा उपचार गराइरहेका कोरोना संक्रमितहरु कोरोना जितेर घर फर्किने क्रम बढ्दै जान थालेको छ । नयाँ कोरोना संक्रमित बढ्दै जाँदा कोरोना जितेर उपचार पश्चात घर फर्किनेहरुको संख्या समेत बढ्दै जान थालेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

‘जिल्लामा कोरोना जितेर घर फर्किनेहरुको संख्या बढ्दै जान थालेको छ’ उनले भने, ‘यो तपाई हामी सबैको लागि सुखद खबर हो । तर अझै जोखिम भने घटेको छैन ।’

फोकल पर्सन ओलीका अनुसार बैशाख १ गतेदेखि आइतबारसम्म ३०१ जना कोरोना संक्रमित बिरामी कोरोना जितेर घर फर्किएका छन् । उनका अनुसार आइतबार मात्र जिल्लामा १० संक्रमित कोरोना जितेर डिस्चार्ज भएका थिए ।

शनिबार जिल्लामा १९ महिला र १८ पुरुष गरि ३७ जना कोरोना जितेर घर फर्किएका थिए । भेरी अस्पतालका मेसु डा. प्रकाश बहादुर थापाले समेत पछिल्ला दिनहरुमा भर्ना भएका संक्रमितहरु निको हुने दर बढेको बताए । ‘यहाँ उपचाररत सामान्य संक्रमित बिरामीहरु निको हुने दर बढेको छ’ उनले भने, ‘बिरामी निको हुने दर बढ्यो भन्दैमा मापदण्ड पालना गर्न नभुलौं ।’
फोटो क्यासनः फाइल फोटो

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     1:53:00 PM  |