16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

काठमाडौं,
गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्।


बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई हातपात र कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका छन्।

बुधबार क्षेत्रीय सभापति यादवले युवाहरू परिचालन गरी हातपात गरेको आरोप छ।

 

कार्यवहाक सभापति मिश्रीलाल यादवसहित कार्यसमितिका ४४ जनाले बिहीबार केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा पठाएका हुन्।


१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्नुपर्ने बेला हातपात गरेको भन्दै उनीहरूले पार्टीको काम गर्न नसक्ने हुँदा राजीनामा स्वीकृत गरिदिन भनेका छन्।

बर्दियामा ७५ मध्ये ५६ वडामा क्रियाशील नवीकरण गरिसकिएको छ। ६० वडामा लेबीसमेत उठिसकेको छ। यहाँ रू १० का दरले मासिक लेबी उठाइएको छ। बर्दियामा लेबी उठाउने विषयमै विवाद भइरहेको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्दियाबाट आएको निवेदनबारे आइतबार छलफल हुने बताए।

C setopati

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     4:59:10 PM  |