18 September 2024  |   बुधबार, अशोज २, २०८१

भारतबाट फर्किएका आठ जनामा कोरोना पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

कोहलपुर ।

भारतबाट घर फर्किदै गरेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको जमुनाहा नाकामा बिहीबार २५ जनाको कोरोना जाँच गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । त्यसमा दैलेखका ३ जना, बर्दिया र कञ्चनपुरका २÷२ जना र दाङका एक जनामा कोरोना पुष्टि भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

जमुनाहामा रहेको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दै स्वाथ्यकर्मी ।

उनका अनुसार एन्टिजेन परीक्षणमा आठ जना कोरोना देखिएका मध्ये ६ जना गुजरात, राजस्थान र गोवाबाट एक÷एक जना आएका थिए । नाकामा चैत ११ गतेदेखि कोरोना टेस्ट गराउने व्यवस्था भएपनि उनीहरुलाई कसरी व्यवस्थित तरिकाले राख्ने भन्ने योजना बनाइएको छैन । नाकामा हालसम्म गरिएको २५९ जनाको परीक्षणमा ३४ जना संक्रमित देखिएको नाकामा खटिएका नेपालञ्न्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।

जमुनाहा नाकामा शंका लागेका व्यक्तिहरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिन्छ । भारतबाट आउँदा कोरोना पुष्टि भएका व्यक्तिलाई सुरुमा सम्बन्धित जिल्लामा पठाउने गरेपनि स्थानीय तहले कुनै समन्वय नगरेकाले अहिले नेपालगञ्ज उप–महानगरपालीकाको आइसोलेसनमा राख्ने गरिएको छ । भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोनाको कहर बढेपछि त्यस क्षेत्रमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     10:40:31 AM  |