18 September 2024  |   बुधबार, अशोज २, २०८१

उच्च अदालतका सेवा बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर :
उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजालासका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । बिहीबारदेखि नेपालगन्ज उपमहानगरपालिकामा गरिएको निषेधाज्ञाको अवधिभर हुने सक्ने असहजतालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।


उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजालासका शाखा अधिकृत बलबहादुर बिष्टद्धारा जारी सूचनामा निषेधाज्ञा अवधीभर बन्दीप्रत्यक्षीकरण, कोभिड–१९ सँग सम्बन्धित रिट निवेदन, पक्राउ पूर्जी जारी, जरुरी पक्राउ पूर्जी समर्थन, अभियोगपत्र दर्ता, बयान र थुनछेक आदेशका काम बाहेक अदालतबाट हुने अरु सेवा स्थगन गरिएको जानकारी गराइएको छ ।

बुधबार विभिन्न अदालतका प्रतिनिधि सम्मिलित पदाधिकारीहरुको बैठकले निभिन्न चार वटा निर्णय गरेको समेत उल्लेख गरिएको छ । अदालतमा अत्यावश्यक बाहेका सबै काम निषेधाज्ञा अवधीभर स्थगन गर्ने, निषेधाज्ञा थप भएको अवस्थामा पुन ः बार र बेन्चबीच बैठक बसी सोही अनुरुप निर्णय गर्ने बताइएको छ ।

यस्तै उक्त निर्णयहरु सम्बन्धित सरोकारवाला निकायसँग पठाउने र सोही अवसरमा उच्च अदालतका न्यायधिस र उच्च अदालत बार एसोसियसनका पदाधिकारीहरु बीच चिनाजान समेत गरिएको थियो ।

 

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     11:29:20 AM  |