दाङका एक पत्रकारको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं :

दाङमा कोरोनाभाइरसको संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १७ का ४० पुरुष रहेका छन् । उनको गए राति काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङका एक पत्रकारको कोरोना संक्रमणबाट मृत्यु

उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका उनलाई स्वासथ्यमा थप समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख ८ गते बुधबार