18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सञ्चार र निजी क्षेत्रको सहकार्यमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८  

नेपालगञ्ज ।

बाँकेको आर्थिक विकासका लागि सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

शुक्रबार नेपालगञ्ज उद्योग बाणिज्य संघले नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न आयोजित कार्यक्रमका सहभागिहरुले उक्त कुरा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल बाहिद मन्सुरी ‘चुन्ना’ले सधैं यहाँका आर्थिक मुद्दामा सञ्चार क्षेत्रले साथ दिइरहेको बताए ।

‘सञ्चार र निजी क्षेत्रबीच पहिलेदेखि यहाँ सहकार्य भइरहेको छ’ उनले भने, ‘आगामी दिनमा समेत सहकार्य रहिरहनुपर्छ ।’

संघको तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखालाई हुनसक्ने सहयोग गरिने अध्यक्ष चुन्नाले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले जिल्लाको आर्थिक विकासका मुद्दामा सञ्चारकर्मीको सदैवमा साथ रहने बताए । बाँकेका आर्थिक विकासका लागि सञ्चारकर्मीहरुले पैरबी गरिरहेको उनले स्मरण गरेका थिए ।

सोही अवसरमा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, संघका महासचिव चिरञ्जीवी ओलीले लगायतले जिल्लाको आर्थिक क्षेत्रलाई बढावा दिन सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

संघले नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाएर स्वागत गरेको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८     11:29:24 AM  |