कोरोनाको हटस्पट: बाँकेमा एकैदिन थपिए १२३ कोरोना संक्रमित



नेपालगञ्ज ।

बाँके फेरी कोरोनाको हटस्पट बन्दै जान थालेको छ ।

बुधबार मात्र बाँकेमा थप १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका एक सरकारी र दुई निजी प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १२३ जनामा पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बुधबार जिल्लामा ६२ महिला र ६१ पुरुष गरि १२३ जना संक्रमित थपिएका थिए ।

यो संख्या ठेगाना बाहिर जिल्लामा रहेपनि बाँकेमा नै बसोबास गर्नेहरुको सहित रहेको बताइएको छ । बाँकेमा पछिल्लो ७ दिनमा मात्र ३६६ जना संक्रमित थपिएका छन्

No description available.

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख १ गते बुधबार