26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

महासंघको संयोजकमा गुप्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७  

कोहलपुर ।

राष्ट्रिय उद्योग तथा व्यापार महासंघको तदर्थ समिति बाँकेमा समेत गठन गरिएको छ । सोमबार भएको व्यवसायीहरुको एक भेलाले तदर्थ समितिको संयोजकमा अजय कुमार गुप्तालाई चयन गरेको थियो ।

१९ सदस्सीय तदर्थ समितिको सचिवमा तेज प्रसाद अधिकारीलाई तोकिएको छ । सचिव अधिकारीले एमाले माधव–झलनाथ समूहका व्यवसायीहरुलाई एकताबद्ध हुनको लागि अहिलेलाई तदर्थ समिति गठन गरिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले माथिको निर्देशन अनुसार नै व्यवसायीको समेत तदर्थ समिति गठन गरिएको बताए । सो अवसरमा एमाले बाँकेका सचिव रत्न खत्री, सचिवालय सदस्य अब्दुल हुँसेन खाँ लगायतले बोलेका थिए ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७     9:10:32 AM  |