5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

शुभकामना आदानप्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको जुत्ता चप्पल व्यवसायी संघले आउँदै गरेको नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको सोमबार उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र प्रसाद शर्माले उद्घाटन गरेका थिए । उनले नयाँ वर्षमा नयाँ सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।

संघमा आबद्ध भएका सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरुलाई उनले नयाँको वर्षको शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा बोल्दै जुत्ता चप्पल व्यवसायी संघका नगर अध्यक्ष बलराम देवकोटाले नयाँ वर्षमा नयाँ योजना बनाएर जानुपर्नेमा जोड दिए ।

कोहलपुरमा छरिएर रहेका जुत्ता चप्पल व्यवसायहरुलाई ऐक्यबद्धतासहित अगाडि बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको उनले दाबी गरे । कार्यक्रमा संघका उपाध्यक्ष पुन्य प्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए भने कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापा लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागि सबैले आउँदै गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७     9:09:17 AM  |