5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २९, २०७७  

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेका दुई उपभोक्ता समितिहरुले सार्वजनिक सुनाई गरेका छन् । शनिबार पार्क कम्पाउन्ड निर्माण उपभोक्ता समिति र शहरी हरित पार्क निर्माण उपभोक्ता समितिले सार्वजनिक सुनाई गरेको हो ।

सार्वजनिक सुनाई कार्यक्रममा दुवै उपभोक्ता समितिहरुले आफ्नो आम्दानी र खर्च विवरणहरु सार्वजनिक गरेका थिए । पार्क कम्पाउन्ड निर्माैण उपभोत्तःा समतिकिा अध्यक्ष हरि प्रसाद पौडेलले १८ लाख १ हजार ७ सय ८८ रुपैया ६ पैसामा पार्क कम्पाउन्डको काम भएको
बताए ।

उनका अनुसार प्रदेश सरकारको अनुदानमा १५ लाखमा र अन्य जनश्रमदान गरेको बताए । यस्तै शहरी हरित पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यले ४ लाख ३२ हजार २ सय ३५ रुपैयामा पार्क भित्रमा कामहरु गरेको बताए । उनका अनुसार डिविजन बन कार्यालयको ४ लाख अनुदान र अन्य श्रमदान गरी काम गरेको बताए ।

प्रकाशित मितिः आइतवार, चैत्र २९, २०७७     9:47:15 AM  |