4 December 2021  |   शनिबार, मंसिर १८, २०७८

बाँसगढीमा कविता प्रतियोगिता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २८, २०७७  

मधुर पौडेल । बर्दिया ।

४२ औं शिक्षक दिवस तथा आउँदै गरेको नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान, चियापान र कविता प्रतियोगिता गरिएको छ । बाँसगढीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा शुक्रबार कार्यक्रमहरुको आयोजना गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढी नगर समितिको आयोजना कार्यक्रम भएको थियो । सोही अवसरमा भएको कविता प्रतियोगितामा नगरका ९ वटा विद्यालयबाट १६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीकी छात्रा गिता ओली प्रथम, दोस्रो जनता मावि वन मुडुवाका छात्र दिप बहादुर परियार र तेस्रो त्रिभुवन मावि ककौराकी छात्रा सम्झना ज्योती भएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढी नगर समितिका अध्यक्ष फणीन्द्र प्रसाद डुंगानाले जानकारी दिए । सोही अवसरमा शिक्षकहरु बीच विभिन्न खेलकुद प्रतियोगिता समेत गराइएको थियो ।

ह्विलचियर र घैटौं फोर प्रतियोगिता गराइएको नगर समिति अध्यक्ष डुंगानाले बताए । सोही अवसरमा १३ औं जिल्ला अधिवेशन बाँसगढी नगरपालिका भित्र जिम्मेवारी पाउने शिक्षकहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । विभिन्न प्रतियोगितामा विजेता भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, चैत्र २८, २०७७     7:56:21 AM  |