कुमारी बैंकद्धारा बाँसगढीमा वृक्षारोपण (फोटोसहित)



बाँसगढी 

कुमारी बैंक लिमिटेड बाँसगढी शाखाले मन्दिरमा वृक्षरोपण गरेको छ । बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको केदारेश्वर मन्दिरमा वृक्षरोपण गरेको हो ।

उक्त अवसरमा बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी समेत सहभागी थिए । उक्त अवसरमा उनले बैंक समाजिक काम गरेको भनदै धन्यावाद प्रकट गरे । उनका अनुसार बैंक र सेवाग्राही बीच सुमधुर सम्बन्ध हुनुपर्छ ।

बैंकिङ क्षेत्रको विकासको लागि यसका लागि स्थानीय सरकार तयार रहेको बताएका थिए । बाँसगढी उद्योग संघका अध्यक्ष रामसिंह थारुले उद्योगी व्यवसायीहरुको तर्फबाट समेत गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको उनले बताए ।

उनले बैंक र स्थानीय सरकारको सहकार्यमा सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न सकिने पनि बताए । बैंकको बाँसगढी शाखाका म्यानेजर प्रकाश डाँगीले बैंकले वर्षेनी सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए ।

उनका अनुसार प्रत्येक वर्ष सहयोग सामाजिक उत्तरदायित्व अन्तर्गत यसपटक मन्दिरमा सरसफाई, वृक्षरोपण गरिएको हो । कुमारी बैंकले १ सय वटा बिरुवा वृक्षरोपण गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत २२ गते आइतबार