1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

सिम्ताली एकता समाजको साधारण सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २२, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको सिम्ताली एकता समाजको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार ‘सार्थक एकता, समृद्ध समाज, परिवर्तनको बाहक सिम्ताली एकता समाज’ भन्ने मुल नाराका साथ साधारण सभा सम्पन्न भएको हो । साधारण सभा सिम्ताली एकता समाजका बरिष्ठ आजिवन सदस्य सुरत बहादुर खत्रीले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा खत्रीले संस्कृति संरक्षण गर्नका लागि एकता समाजको निर्माण भएको बताए । उनका अनुसार हरेक क्षेत्रमा विभिन्न सँस्कृतिहरु रहेका हुन्छन । तर सँस्कृति संरक्षण नभएपछि आफ्नो पहिचान नै गुम्न सक्ने उनले बताए । त्यसकारणले आफ्नो सँस्कृति जोगाउनका लागि सबै एकता हुन जरुरी रहेको उनको भनाइ थियो ।

यस्तै तत्कालीन सिम्ताली एकता समाजका अध्यक्ष निमकान्त उपाध्यायले आफ्नो कार्यकालमा गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा बाँसगढी महोत्सवमा सिम्ताली सँस्कृति झल्किने खालको पहिचान बनाएर प्रस्तुत गरेको उपाध्यायले बताए । उनका अनुसार सुर्खेतको हकमा ‘सँस्कृति संरक्षण सम्वद्र्धन तथा सद्भाव विकास कार्यक्रम’ सञ्चालन गरेको बताए । बाँकेमा पनि विभिन्न दिवस वा महोत्सवमा नाचगान र सँस्कृति झल्काउने सहितको पन्चेबाजाहरु प्रस्तुत गरेको उनको भनाइ थियो ।

समाजको अध्यक्षमा मल्ल

बाँकेमा रहेको सिम्ताली एकता समाजको अध्यक्षमा ढाल बहादुर मल्ल चयन भएका छन् । शनिबार भएको तेस्रो साधारण सभाबाट मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जसको महिला उपाध्यक्षमा प्रेम पूर्ण योगी, पुरुष उपाध्यक्षमा खड्ग बहादुर खड्का, सचिवमा निरज बहादुर पोख्रेल, सह—सचिवमा रण बहादुर रावत र कोषाध्यक्षमा श्री धने थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा पुष्पा शाही, चन्द्रा केसी, राम बहादुर महतरा, निर्मल
सिंह ठकुरी, आइतु सिंह ठकुरी र झुप बहादुर भण्डारी चयन भएका छन् । यस्तै नवनिर्वाचित मल्लले नयाँ कार्यसमितिमा १ जना मनोनित
गर्ने बताए ।

प्रकाशित मितिः आइतवार, चैत्र २२, २०७७     9:23:27 AM  |