18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

दाङ ।

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । २७ यात्रु घाइते भएका छन् ।

शुक्रबार (आज) अपरान्ह करिब साढे पाँच बजे दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     7:46:07 PM  |