15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

 

पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ। उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो। ४९० यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ।

Photo: XINHUA/SIPA

दुर्घटनामा रेल चालकको पनि मृत्यु भएको छ। मृत्यु भएकामध्ये केहीको अझै पहिचान खुलेको छैन। घटनामा घाइते भएका करिब ६९ जनालाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सी (सीएनए)ले जनाएको छ।

द तरोको एक्स्प्रेसको रेल प्रति घण्टा ८० माइलको गतिमा कुद्ने गर्छ। ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ। सुरुङ नजिक रहेको भिरालो जमिनबाट चप्लिएको गाडी गुडिरहेको रेलमा ठोक्किँदा उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको सीएनएले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     7:37:59 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *