28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

कर्णालीका विद्यालय खुला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७  

वीरेन्द्रनगर ।

कर्णालीका ३ स्थानीय तहले पठनपाठन जारी राखेका छन् । वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि ती विद्यालयहरुमा निरन्तर अध्ययपन भइसकेको छ । पढाइ सञ्चालन गर्नेमा सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिका रहेका छन् ।

कर्णालीका अन्य पालिकाहरुमा विद्यालयहरु बन्द गरिएको भएपनि तीन पालिकामा शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरिएको छ । वायु प्रदूषण विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन् । यस अघि पनि कोरोना भाइरसका कारण लामो समय विद्यालय सञ्चालन हुन सकेका थिएनन् ।

सल्यानको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले वायु प्रदूषणले यतातिर समस्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको बताउँछन् । लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेको उनको भनाइ छ । गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको भनाइ छ ।

इसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि वातावरणीय असहजता नभएको जनाएको छ । त्यहाँ नियमित विद्यालय सञ्चालन गरेको छ । मंगलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो । कर्णालीका अन्य जिल्लामा भने अहिले विद्यालय बन्द छन् । (रासस

प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७     3:21:49 PM  |