5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

सम्पादकीय : पीडितलाई न्याय देउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७  

नेपालमा बलात्कारको घटना घट्यो भन्ने समाचार अब नौलो भएन । किनभने दैनिक जसो बलात्कार तथा हत्या, हिंसाका घटना भइरहेका हुन्छन् । कुनै कुनै घटना यस्ता पनि घटिदिन्छन् । कि महिलाहरुको लागि सुरक्षित स्थान कहाँ हो भन्ने प्रश्न गर्न बाध्य हुन्छ । जो कोही पनि । बाँकेको कोहलपुर ८ मा पनि यस्तै घटना घटेको छ । एक १३ वर्षीय बालिका आफ्नै घरमा बलात्कृत भएकी छन् । त्यो पनि चारपटक । छिमेकी किशोरले उनलाई मारिदिने धम्की दिदै बलात्कार गरेका हुन् । पीडा सहन नसकेर किशोरीले आफन्तलाई सबै कुरा बताएपछि सो कुरा बाहिर आएको हो । ती १३ वर्षीय किशोरीलाई बलात्कार गर्ने किशोर अरु कोही नभएर आफ्नै छिमेकी हुन् ।

उनीहरुको घर पाँच मिटरको दुरीमा पनि छैन । उनीहरु साथी समेत हुन् । ती किशोरीले आफूलाई रातीको समयमा बारम्बार बलात्कार गरेको बताएकी छन् । उनी किशोरीका अनुसार किशोर मुख थुनेर बलात्कार ग¥थ्यो । घटना बाहिरिएसँगै पीडक किशोर फरार छन् । उनको नाममा किटानी जाहेरी दिदाँ समेत उनी पक्राउ पर्न सकेका छैनन् । परिवारले चैत्र ८ गते इलाका प्रहरी कार्यलय कोहलपुरमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको मात्रै एक साता भन्दा बढी भइसकेको छ । पीडित अझै पीडामा छन् । तर पीडक अहिले सम्म पनि प्रहरीको नियन्त्रणमा आउन सकिरहेका छैनन् । परिवारले बलात्कार जस्तो जघन्य अपराध गर्ने लामो समयसम्म पक्रिन नसकेको भन्दै परिवारले गुनासो गरेको छ । कुनै पनि हालतमा छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन माग गरेको छ । पीडित किशोरीका बुबाले प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको बताएका छन् ।

दैनिक साता जना भन्दा बढी किशोरी तथा महिला बलात्कृत हुने नेपालमा महिला अझै पनि सुरक्षित हुन सकेका छैनन् । यसको मूख्य कारण सरकारले हत्या तथा बलात्कार जस्तो जघन्य अपराधमा समेत कानुन गर्न नसक्नु हो । बलात्कार जस्तो अपराधमा समेत राजनीतिक आस्था, आफन्त र नातागोता भएको आधारमा उन्मुक्ति दिने गरिन्छ । त्यसैले अहिले पनि महिलाहरुले आफ्नै घरलाई सुरक्षित महशुस गर्ने अवस्था छैन । अझ महिलाहरु सबैभन्दा बढी आफन्तबाटै बलात्कृत हुने गरेको पाइएको छ । तर कुनै घटना यस्ता हुन्छन्, क्षम्य हुदैनन् । त्यस्ता अक्षम्य अपराध गर्नेलाई कारबाही हुनैपर्छ । पीडितले नयाँ पाउनैपर्छ जसरी पनि ।

प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७     3:17:28 PM  |