शिवु खनाल । दाङ ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ राताकास र लमही नगरपालिका वडा नम्बर ९ तरुलिया गाउँ जोड्ने राप्ती नदीमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । गाउँपालिका र नगरपालिका जोड्ने राप्ती नदीमा पक्की पुल नहुँदा स्थानियहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । ‘पुल नहुँदा वर्षायाममा आवतजावतमा समस्या हुन्छ ।

रातकास र तरुलिया जोड्ने राप्ती नदीमा पक्की पुल निर्माणको लागी स्थलगत अवलोकन गर्दै सांसद मेटमणी चौधरी लगायत ।
दुई गाउँ जोड्ने राप्ती नदीमा पुल नभएकै कारण घण्टौँ पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा जानुपर्ने बाध्यता छ’ राजपुर गाउँपालिका वडा नम्बर ७ तालिखोलाका भिमबहादुर ओलीले भने, ‘राताकासबाट दश मिनेटमै पुगिने लमहीको तरुलिया गाउँ स्थित दुई गाउँको बिचमा पर्ने राप्ती नदीमा पक्की नभएकै कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको बाटो प्रयोग गरि घण्टौ समय खर्चेर तरुलिया गाउँ पुग्नुपर्छ ।’
राप्ती नदीमा पक्की पुल नहुँदा वर्षेनि केटाकेटीलाई विद्यालय आवतजावतमा सास्ती खेप्नुपरेको बताउँदै उनले दैनिक उपभोग गर्ने सामाग्री लिन आधा घण्टा लाग्ने समयमा घण्टाँै समय खर्चिनुपर्ने बाध्यता रहेको गुनासो गरे ।
दुई गाउँ जोड्ने पक्की पुल नभएकै कारण गाउँ घरमा उत्पादन भएको कृषि जन्य सामाग्री बजारीकरणमा समस्या परेको ओली बताउँछन् । ‘राप्ती नदीमा पुल निर्माण भएपछि दुई गाउँ बीचको दुरी कम हुनेछ’ उनले भने, ‘राजपुर गाउँपालिका ७ का करिब सात हजार र लमही नगरपालिका ९ मा पर्ने करिब ९ सय सत्र घरधुरीले सास्ती पाउने गरेका छन् ।’ उक्त गाउँमा पुगेको संघिय सांसद मेटमणी चौधरीसँग त्यहाँमा स्थानीयहरुले विभिन्न मागहरु राखेका थिए ।
नदीमा पुल निर्माणदेखि अव्यवस्थित बाटाघाटालाई व्यवस्थित बनाउन स्थानीयले माग राखेका थिए । सांसद चौधरीले विकास नभएको र ठगिएको बस्तीमा विकास पु¥याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ‘मेरो निर्वाचन क्षेत्र अन्तरगतका गाउँ–गाउँमा बाटाघाटा बनाउने, पक्की पुल निर्माण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु’ उनले भने, ‘विकासले पछाडि परेको र ठगिएको बस्तीमा विकास पु¥याउने कामलाई पहिलो प्राथमिकता राखेको छु । राजपुरको राताकास र लमहीको तरुलिया गाउँ जोड्ने पक्की पुल निर्माण गर्नको लागी योजनामा राखिएको छ । ढुक्क हुनुहोस् राप्ती नदीमाा पुल निर्माण हुन्छ ।’
मंगलवार सांसद चौधरीले राजपुर र लमही जोड्ने तरुलिया र रातकास गाउँ बिच पर्ने राप्ती नदीमा पक्की पुल निर्माणको लागी दुई गाउँका स्थानियहरुसँग स्थलगत अवलोकन गर्दै छलफल गरेका थिए । उनले पहिला पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि गाउँ प्रवेश गर्ने बाटाघाटा पक्की नालासहित कालोपत्र गरेर पुल निर्माणको कामलाई अगाडि बढाउने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्