कोहलपुर :
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले कोहलपुर शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पछिल्लो समय जिल्ला तथा नगर क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम बढ्दै गएको र विद्यालय क्षेत्रमा उच्च सतकर्ता अपनाउनु पर्ने माग सहित अनेरास्वावियू बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
मंगलबार विहान अनेरास्वावियू बाँकेका संयोजक दिनेश केसीको नेतृत्वमा विद्यार्थी नेताहरुले कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्याललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
पत्रमा अनेरास्ववियूले स्वास्थ्य मापदण्ड अपनाएर नियमित कक्षा सञ्चालन गर्नुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चल्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा संयोजक केसी सहित सह संयोजक बिकल भट्टराई, केन्द्रीय सदस्य सुमन घिमिरे, राजेश वली, टोपराज जैशी, देवेन्द्र बुढा लगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सह संयोजक बिकल भट्टराईले जिल्लाका आठ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको मिसन टुडे दैनिकलाई जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्