29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

जबरजस्ती करणी गर्ने युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७  

कोहलपुर 

युवतीलाई जुसमा लागू औषध मिसाएर बेहोस बनाइ जबरजस्ती करणी गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–२० राँझा घर भएकी एक १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला हुम्लाको सर्केगाड–१ घर भई जिल्ला बाँके नेपालगन्जको राँझा बस्ने २४ वर्षीय मिम बहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ ।

उनलाई काठमाण्डौंमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा यस कार्यालय बाट खटिएको विशेष प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डौ समेतको सहयोगमा पक्राउ गरिएका थियो ।

निज बुढाले घरबाट भ्रमणको बाहना बाहना बनाएर २०७७÷मंसिर ५ गते जिल्ला बाँके वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होम स्टे भित्र लगेर युवतीलाई जुसमा लागु औषध खुवाएको प्रहरीले जनाएको छ । उनी युवतीको घरमै बस्दै आएका थिए ।

लागू औषधको नसा लागेपनि ती युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाण्डौ हाडीगाँउबाट यही चैत्र ८ गते पक्राउ गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७     12:57:42 PM  |