29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

महिनावारी स्वच्छता ब्यवस्थापन कक्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७  

बर्दिया ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ स्थित सिम्हा माध्यामिक विद्यालय बेलभारमा महिनावारी स्वच्छता व्यवस्थापन कक्षको उद्घाटन गरिएको छ ।

महिनावारी स्वच्छता व्यवस्थापनका लागि निर्माण गरिएको कक्षको नगर प्रमुख दुर्गा बहादुर थारु (कबिर)ले उद्घाटन गरेका हुन् । विद्यालयमा संचालित मौनता तोडौंः युवाहरुको अगुवाईमा महिनावारी व्यवस्थापन परियोजनाको अनुगमनका क्रममा महिनावारी व्यवस्थापन कक्षको उनले उद्घाटन गरेका थिए ।

‘महिनावारी स्वच्छता ब्यवस्थापनको कुरा हाम्रो नगरपालिकाको लागि नयाँ मोडल हो’ सो अवसरमा बोल्दै नगर प्रमुख थारुले भने, ‘यसले स्कूलमा पढ्ने प्रत्येक केटीहरूको शिक्षा प्रणालीलाई निश्चित रूपले माथि उठाउँछ । यो सानो तर धेरै महत्वपूर्ण कुरा रहेको छ । विद्यालयको प्रगतिले हामीलाई सोच्न बाध्य तुल्याउँछ कि कुन विद्यालयको मोडेल स्कूल हुनुपर्छ ।’

उनले यस बिषयमा कार्यबिधि निर्माण गर्नुपर्ने देखिएको बताएका थिए । ‘विद्यालयहरूको स्वास्थ प्रतिस्पर्धा स्कूलको राम्रो उत्थानका लागि हुनुपर्दछ’ उनले भने, ‘सिम्हा एक मोडेल नै हुनेछ तर अन्य विद्यालयहरू पनि प्रत्येक क्षेत्रमा मोडेल स्कूलका हिसाबले हुनुपर्दछ ।’

स्वच्छताका सूचकहरुलाई समेट्ने सात झण्डे अवधारणाको जानकारी गराउदै गेरुवाका अध्यष कृष्णजंग शाहले किशोरीहरुलाई अब पढाई छोड्न पर्ने बाध्यता अन्त्य भएको बताए । ‘महिनावारी भएको बेलामा स्कुलमै आराम गर्न पाउने वातावरण बन्यो’ उनले भने, ‘विद्यालय राम्रो भएपछि राष्ट्र बलियो हुन्छ ।’

प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     10:12:28 AM  |