26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

चरेशसहित दुई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रहरीले १२ किलो लागू औषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बुधवार चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

कोहलपुर नगरपालिका, १२ चप्परगौडीमा रहेको न्यू–सुदुरपश्चिम बाजुरा स्टाफ होटेलबाट दुई जनालाई लागू औषध चरेशसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

१२ किलो लागू औषध चरेशसहित पक्राउ पर्नेमा रुकुम पूर्व भुमे गाउँपालिका वडा नम्बर ८ का २१ वर्षीय रबी पुनमगर र रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय रुद्र बुढाथोकी रहेका कोहलपुर प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक खनालले लागू औषध चरेशको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा पुगेको टोलीले होटलको कोठा नम्बर १०१ बाट उनीहरुलाई चरेशसहित पक्राउ गरेको बताए । पक्राउ परेका दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     10:12:17 AM  |