अहिले कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई सम्मान थाम्न भ्याइनभ्याइ छ । फागुन २२ गते भएको निर्वाचनमा विजयी नयाँ पदाधिकारीहरु अहिले सम्मान थापिरहेका छन् । नयाँ पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका थिए । सोहीदिन बसेको पहिलो बैठकले महत्वपूर्ण दुई वटा निर्णय गरेको थियो । १५ दिन भित्र प्रतिबेदन बुझाउने भनिएको समितिले घरभाडा र हाटबजार सञ्चालनका सम्बन्धमा अध्ययन गर्नेछ । मंगलबार कोहलपुर नगरपालिकाले पनि कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई सम्मान कार्यक्रमको आयोजना ग¥यो । बुधबार जेसीजले पनि ती पदाधिकारीहरुलाई सम्मान गरेको छ । नयाँ पदाधिकारीहरु अहिले निकै उत्साहका साथ अघि बढ्ने कोशिस गरेको देखिन्छ । पहिलो बैठक मै उनीहरुले चुनावी प्रतिबद्धता अनुसार काम गर्ने लक्षण देखाएका छन् ।
कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले एकै स्वरमा भनेका छन् । विकासका लागि साझेदारी आवश्यक छ । सरकार र निजी क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने उनीहरुको जोड थियो । दुवै पक्षले सहकार्य र समन्वयलाई जोड दिए । कोहलपुरको विकासका लागि उनीहरुले सँगै बसेर काम गनुपर्ने समेत बताए । कोहलपुर आर्थिक सहर बन्न सक्ने भन्दै उनीहरुले उद्योग विकासलाई निरन्तरता दिनु पर्ने बताएका छन् । यो बाँकेको दोस्रो ठूलो सहर समेत हो । यो सहरलाई विकास गर्नको लागि निजी क्षेत्र र सरकारको समन्वय आवश्यक रहेकोमा समेत जोड दिएइएको हो । त्यसको लागि दुवै पक्षले योजनाका साथ अघि बढनु पर्ने हुन्छ ।
कोहलपुर नगरपालिका समृद्ध नगर बनाउने नीति लिएको छ । जुन एक्ले सम्भव छैन । त्यसको लागि सरोकारवाला बीच समन्वय नै विकल्प हो । उद्योग वाणिज्य संघ निजी क्षेत्रको अग्रणी क्षेत्र भएकोले समेत सहकार्यलाई दुवै पक्षले सहर्ज स्वीकार गरेका छन् । त्यसैले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय अहिलेको आवश्यकता समेत हो । त्यसैले छिटो भन्दा छिटो काम अघि बढाउनुपर्छ । त्यो भन्दा पहिला व्यवसायीका समस्या समाधानको लागि दुवै पक्षले ध्यान दिनुपर्छ । अर्कातिर घरभाडा र करका समेत थुपै्र समस्या छन् । ती समस्या समाधानको लागि अघि बढौँ । कोहलपुरलाई औद्योगिक र आर्थिक सहर बनाउनको लागि व्यवसायमैत्री वातावरणको सिर्जना गरौ ।