कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरुमा लंैगिकमैत्री र बालविवाह न्यूनिकरण सम्बन्धी अभिमुखिकरण सुरु भएको छ ।
मगंलबार एक कार्यक्रमका बीच शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षहरुका लागि अभिमुखिकरण सुरु भएको हो ।
मंगलबार प्लान इन्टरनेशन नेपाल र स्याक नेपालको साझेदारी र कोहलपुर नगरपालिकाको समन्वयमा ंलैंगिकमैत्री र बालविवाह न्यूनिकरण बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखिकरणमा कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले लैंगिकमैत्री र बालविवाह न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएका थिए । लंैगिकमैत्री र बालविवाह न्यूनिकरण गर्नका लागि शिक्षक, वि.व्य.स., शि.अ.स.हरुको भूमिका के के हुन्छन् ? कानुनमा के छ ?, कोहलपुर निर्देशिकामा के कस्ता विषयहरु समेटिएका हुन्छन् ? यो कार्यान्वयन भयो भने के फाइदा हुन्छ ? जस्ता कुराहरु पौडेलले सहभागीलाई प्रशिक्षण दिएका हुन् ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा रहेका विद्यालयहरुमा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए । उनका अनुसार सबै विद्यालयले विद्यालय सुधार योजना बनाउने क्रममा लैंगिकमैत्री वातावरण र बालविवाह न्यूनिकरण सम्बन्धी नीति तथा कार्यक्रम समावेश गर्नका लागि अनुरोध गरे ।
बालबालिकाहरुले कम उमेरमा विवाह गरेमा उनीहरुको स्वास्थ्यमा निकै समस्या आउने बताएका उनले थिए । यसको न्यूनिकरण गर्न विद्यालय मुख्य भूमिका रहेको उनको भनाइ थियो । सो अभिमुखिकरण कार्यक्रम तीन दिनसम्म चल्नेछ ।