7 September 2024  |   शनिबार, भदौ २२, २०८१

अव्यवस्थित तारले जोखिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७  

शिवु खनाल । दाङ ।

दाङको लमही बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टाँगिएका तारका कारण जोखिमसँगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ । बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ छ । एकैठाउँमा अव्यवस्थित तरिकाले टाँगिदा सबै खालका तार बटारिएका छन् । कैयौं बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् ।

तारहरू यत्रतन्त्र लतत्रिएका छन् । ती गुजुल्टिएका तारका कारण कुनै बेला दुर्घटना निम्तिन सक्ने खतरा रहेको स्थानीय व्यवसायी पवन रिजालले बताए । ‘पोलमा गुजुल्टिएका तारका कारण जोखिमसँगै लमही बजारको सुन्दरतामा समेत आँच आएको छ । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन्’ उनले भने, ‘व्यवस्थापनमा ध्यान नपु¥याउदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ ।

खासगरी भुकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने देखिन्छ ।’ ‘गर्मियाम बढ्दै गएको छ । हावाहुरी चल्दा पनि मस्तै डर हुन्छ । पोलमा तारहरू यसरी बटारिएका छन् कि बिजुली सट हुनेवित्तिकै सबै सखाप हुने स्थिति छ’ स्थानीय शेरसिङ खड्काले
भने । विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा पनि प्राविधिकलाई काम गर्न समस्या हुने गरेको उनले बताए ।

साधुरिएको बजार क्षेत्रका सडकमा टागिएको होचा तारहरू ठुला मालबाहक सवारीसाधनले चुडाउने, विगार्ने हुँदा लाइन सटको जोखिम उतिकै बढेको बताइन्छ । ‘सवारीसाधन कुदाउँदा धेरै तारहरू चुडिने गरेको छ । बिजुली अफिसले हेर्छ, नत टेलिकमले, इन्टरनेटको कम्पनीले, कतिबेला कस्को धनजनको क्षति हुने हो । टुङ्गो छैन’ खड्काले भने ।

यता नेपाल विद्युत् प्राधिकरण लमहीका प्राविधिक प्रमुख नन्दला शर्माले बजेट अभावकै कारण पोलमा गुजुल्टिएको तारको व्यवस्थापन गर्न नसकेको बताइन् । ‘नेपाल विद्युत् प्राधिकरण केन्द्रीय सरकारको मात्रै स्वामित्वमा रहेको छ । तार व्यवस्थापनमा थोरै बजेटले पुग्दैन । प्रदेश र स्थानिय सरकारबाट केही सहयोग छैन । जसले गर्दा तार व्यवस्थापनमा हामीलाई गाह्रो भएको हो ।’

प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७     10:42:00 AM  |