15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

म र मेरो आध्यात्म तथा यसको आवश्यकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७  

– एकराज शर्मा

वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको हो । जसले आवश्यक ज्ञान प्रदान गर्दछ । विज्ञानले सबै ब्रहमण्डको अध्ययन गर्नका साथै आफनो कामको जिम्मेवारी समेत लाई ध्यान दिने काम गर्दछ ।
विज्ञानले पृथ्वी वा सृष्टिको निकै गहिराईमा पुगेर गहन रुपमा अध्ययन गर्ने गरेको छ । यसका साथै यसले चन्द्रमा, मंगलग्रह समेतमा पनि मानिस सहित विभिन्न खालका वायुयान लाई पठाएर विज्ञान वा वैज्ञानिक अध्ययन गरिरहेको छ । आज भोली त अव पृथ्वीमा जीव रहन सक्ने वा नसक्ने के हो ? यो अवका दिनमा अयोग्य हुन्छ कि भन्ने डर समेत हुन थालेकोले त्यो विषयमा पनि अध्ययन लाई अगाडी बढाएको छ ।

एकपटक आजका चर्चित वैज्ञानिक स्टेफेन हकिङ Stephen Hawking को भनाईको आधार लाई मान्ने हो भने ‘अबको १०० वर्षपछि यस सृष्टिमा मानव बस्न लायक हुन गाहे छ । यदि मानव जीवनको संरक्षण गर्ने हो भने विज्ञानले मंगल लगायत अरु ग्रहमा बस्ति बसाल्ने कोशिस लाई निरन्तरता दिने काम गर्नु पर्दछ’ । यो सवालमा उनको भनाई सहि वा गलत के छ ? तर पनि आजको समय सम्म आईपुग्दा म सानो हंँदाको हावा, पानी, वातावरण, वनजंगल, छहरा, पहरा, छांगा, खोला नाला, नदि तथा प्रकृति छैनन् । किनकि हावा निकै दुषित भयो । पानी फोहोरभएको छ । जंगल मानिसले काटेर रित्यायो । खोला वा नदिको पानीमा ढल छ । त्यसवेला निर्धक्क संग पानी पिउने अवस्था थियो मेरो बाबा नन्दकुमार शर्मा तथा आमा केवला देवी भन्नु हुन्थ्यो र भन्नु हुन्छ ‘खोला वा मुलमा बगेको पानी शुद्द हुन्छ । जहां जसरी पिए नि हुन्छ रे ।’ तर आज यो सृष्टिमा त्यो हराएर अवस्था हरायर गयो वा छैन ।

कुनै बेला नारायणी, कोशी, गण्डकी, राप्ती, भेरी, महाकाली, बाग्मती, मेची लगायतका नदिहरु लाई गंगा मानेर स्नान गर्ने प्रचलन थियो । आज त यो अवस्था हरायर गंगा माने पनि स्नानको सट्टामा त जल थोरै लिएर छर्के हुने अवस्थाको सिर्जना भएर आयो । किन होला त्यो अविरल बग्ने गंगाहरु लाई व्यवास्था गर्न थालिया । हाम्रा् व्यवहारको कारण प्रदुषित बनाएर हो ।

हामी मानवले खोला नाला, नदिनाला लाई प्रदुषित वनाउने काममा पछि परेका छैनौ । यसमा स साना खोलाको त चर्चा गर्न पनि आवश्यक नहुने बेला भई सकेको छ । हामीले अन्न तरकारी, फलफुल, फलाएर सारा प्राणी जगतको जीवन निर्वाहको आधार माटो लाई पनि छाड्ने काम गरेनौं । आज जमिनको माटो राशायनिक औषधीको फलस्वरुप विषाक्ततामा समेत हामीले परिणत गर्न पछि परेका छैनौ ।
आजको त्यो माटो अनि त्यो विषाक्तताको तरकारी अन्न वाली सिधै खाने अवस्था छैन । किन हो ? यस अधारले आजका मानिसमा विविध खालका रोग, भोक तथा शोकको उत्पति समेत गरेको छ । मानव जीवन खतरामा रहेको आधारहरु पेश गरिहनु पर्ने अवस्था छैन । डाक्टरहरु भन्दछन् कि यस खालका खतरा नामका रोगको उत्पति नै मानिस हो ।

सारा जगतमा बनेको हावा पानी माटो अग्नि तथा आकाश जस्ता पञ्चमहाभुत बाट नै संसारको अस्तित्व रहेको छ । अवका दिनमा यी पञ्चतत्व मध्ये हावा त काम नलाग्ने वा दुषित भई सकेको छ । पानी तथा माटो दैनिक जसो काम नलाग्ने हुदै छ । शुद्द पानी भनेको कारखानामा हुन गयो । पानी प्रकृतिक होईन किनेर पिउने अवस्थाको सिर्जन भयो । के यो लक्षणले अव सृष्टिको अस्तित्व होला वा रहला ?
कारखानामा रहेको पानी पनि कति शुद्द छ त्यो त समयले वताउने छ । भगवानले निर्माण गरेका सारा चिजवस्तु तथा प्रकृति एवम् सृष्टि लाई ध्वस्त बनाउने काम मानवले गरेको छ । विज्ञानले नयां आविष्कार गरेको छ । किनकि हातको माछा फुत्काएर त्यो हात खोला वा दुलोमा हाले भएको जस्तै छ । यहां त परमात्माले हरेक चिजवस्तु लाई शुद्द स्वच्छ तथा पवित्र बनाई दिएका थिए । यो अपवित्र वनाउने काम पनि हामीले नै गरेको हो ।

सृष्टिका अमूल्य चिजवस्तु लाई अपवित्र बनाउने काम वास्तवमा विज्ञानको हात छ । धेरै वर्ष अगाडी मानव निकै सुखी तथा खुशी थियो । आजको मानवले प्रकृतिको पानी छोडेर पलास्टिकका बोतलको पानी पिउने गरेको अवस्थाले भोलीका दिनमा पलास्टिकको झोलामा हावा लिएर फर्ने अवस्था न आउला भन्न सकिदैन । विज्ञानले हामी लाई आधुनिक सेवा सुविधा मात्र होईन आधुनिकताको मानव तथा प्रविधी युक्त मानवमा विकास त गर्यो तर अन्ने चरणमा निकै कमजोर बनाउदै आएको छ ।

आज मानवले ओछ्यानमा वसेर संसारका हरेक घटना लाई सहज रुपमा नियाल्न सक्ने भयो । आज प्रति घण्टा ४००० कि. मि. गुड्ने रेलको विकास तथा संसारको एक छेउ बाट अर्काे छेउमा जान धेरै समय लाग्ने अवस्था छैन । विज्ञानले चमत्कार त गरेको छ तर आज कोभिड १९ को औषधी भने पत्ता लगाउन सकेन । यो त विज्ञानको कमजोरी हो । किन विज्ञानको आविष्कार फेल भयो ? वा भगवान पनि कलिको अन्तिम क्रियाशिलमा लागेका छन् । हालको मानव लाई खाने लाउने सुत्ने उठ्ने तथा सुख शयलको कुरा नगरौ । कति कति छ । आजको मानवले जे चाहेको छ त्यो त प्राप्त गर्ने अवस्था छ । तर आफनो अस्तित्व लाई जोगाउन सक्ने अवस्था भने देखिदैन ।

आजको मानव आफु जुन स्थानमा छ । जे काममा छ जे गर्दैछ त्यसमा सन्तुष्ट भएको छैन । उसलाई नपुग्ने केहि पनि छैन । तर पनि एक आपसमा रिस, डाह, ईष्र्या, घुसखोरी, हत्या आतंक, बलत्कार, तथा अमानवीय व्यवहारले गर्दा आजको मानवले आफुले आफैलाई ध्वस्त पार्र्ने काममा लागेको छ । आनन्दको खोजीको क्रममा आफैमा विकराल अवस्थाको सिर्जन भएको छ । के मानिस जन्मे पछि सदा झै यस सृष्टिमा स्थायी रुपमा रहिरहने अवस्था पनि त होईन? मरेर जाने कुराको स्मरण गर्ने सवालमा मानिस निकै पछाडी परेको जस्तो देखिन्छ । आजको मानव म पनि हो । म यो जीवनको अवस्था सम्म आई गुग्दा सम्म मैले जे गरेको छु वा देखेको छु वा भोगेको छु यो सवालमा म पनि किन हो सन्तुष्ट छैन । यो सवालको खोजी गर्ने काम मेरो पनि हो । म कहांनेर कसरी चुकिरहेको छु ? मलाई के भईरहेको छ ? के कारण हो ? यस खालका जिज्ञाको खाजी गर्ने काम आजका मानिसको हो ।

ब्रह्मचर्य, गृहस्थ, आश्रम, सकेर जीवन वानप्रस्थ आश्रमको अवस्था लगायतका कार्यमा किन मानिस पछाडी परेको छ ? हाम्रा ऋषिमुनिहरुले हामीलाई सहज जीवनयापन गर्न धेरै सुन्दर व्यवस्थाको सिर्जन गरि दिएका छन् । के हामी मानवको काम भनेको ध्वंस निर्माण गर्ने मात्र हो ? आज श्रीमदभागवतका हरेक ऋचाहरु सत्य सावित भएका छन् । आज उपनिषदका ज्ञानहरु झुट् छैनन । आज धम्म पदका भगवान बुका वाणीहरु लाई झुटा मानिएको छैन । आज गुरु नानक महाविर सुरदास कविरदास, तुलसीदास, स्वामी विवेका नन्द, स्वामी रामकृष्ण परमहंश कालीदास, जेससक्राईष्ट, श्रीडी साईबाबा लगायतका कैयन भगवानरुपी सन्त तथा गुरुको वाणीको फलस्वपका आधारहरु सबै सत्यसावित भएका छन् । हामीमा सत्यता त्यति वेला सम्म रहदैन जव सम्म हामीमा हाम्रा वचनको पालना गर्ने अवस्था आउदैन ।
कुनै पनि सदगुरुको वाणी लाई जीवनमा प्रयोग गरेर व्यावहारमा कार्यन्वयन गर्ने काममा हामी किन पछाडी परेका छौं ? हामीले सत्य वचनको वारेमा कहिल्यै पनि आफनो ध्यान लाई एकत्रित गर्न सकेका छैनौ । मानवले जीवनमा सुखको मार्ग बारेका आभाषमा निकै घोत्लिने प्रयास त गर्न सकेन । त्यसमा पनि आफनो अस्त्विको खोजीमा निरन्तरता नि दिन नसकेका उदाहरण पनि प्रशस्त छन् । संसारमा गुरुहरुका महान वाणीहरुको गहिरो अध्ययन गरेर जीवनका रहस्यहरु, सुख, शान्ति तथा समृद्दि, आनन्दका आधार तथा ति बाटाहरु, जीवन जिउने कलाहरु, लगायत आफना वाणी तथा कर्तव्य लाई संग्रहित गरेर सत्मार्गको खोजी गर्दै उहांहरुका अनुभवको अंगीकार गर्ने काम हामी सबै मानवको कर्तव्य हो ।

महान वाणीको चर्चा गर्दा भगवान कृष्ण, कविदास, स्वामी विवेकानन्द, रामकृष्ण परमहंश, भगवान गौतम बुद्द तथा महावीर कसका हुन् । सबैका महान वाणीमा पूर्ण सत्यता छ वा छैन त्यसको खोजी गर्ने काम मानवको हो । तर ति सबै वचनमा सत्यता छन् । हामीले हाम्रा गुरुका वचन समातेर आफनो जीवनमा लागु गर्ने काम गर्न पर्दछ । यदि ति वचन सुन्ने काम भयो तर त्यसको कार्यन्वयन गर्ने काम भएन । यसो गर्दा ति वाणीको सच्चाईको स्वयम् अनुभव गर्न पनि गाहे हुन्छ ।

हामीले केवल अरुका कुरा सुनेका भरमा वा ति आधार तथा कुरा केलाउन नसक्दा सत्यताको बारेमा छुट्याउन सकिदैन । हामीले भगवान तथा गुरु प्रतिको श्रद्दा गर्ने काम बाट नै आध्यात्मको पालना तथा विकास गर्न सकिन्छ । यदि यसो नगर्दा त आध्यात्मको बाधक हुन्छ । हामीले ‘म को हो ? म किन यस संसारमा देखा परेको छु मेरो कर्तव्य के हो ? मैले के गर्नु पर्दछ ? सृष्टिमा मेरो के अस्तित्व छ ?’ भन्ने प्रश्न तथा जिज्ञासाको गहिरो अध्ययन गर्ने काम हाम्रो हो । म को हो भन्ने सवालको खोजी गर्ने काम शायद आफुले मात्र खोजी गर्ने विषय हो । जसको कारण मात्र हामीले हाम्रो पुरुषार्थ प्राप्त गर्न सक्दछौं । वास्तवमा मानिस आफुले आफैलाई चिन्न सक्नु तथा छुट्याउन सक्नु नै वास्तविक ज्ञानका रुपमा लिने गरिन्छ । किनकि मानिसले प्राप्त गर्ने गरेका अन्ने ज्ञान त केहि समयको लागि मात्र काम चलाउने साधन हुन् भन्न सकिन्छ । यो विषयमा मानिसको ध्यान कहिले वा कसरी जाला ? यो जीज्ञासा प्रति हामी सबैको चासो बढ्नु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा गुरु, सन्त महन्त, भगवान तथा ब्राह्मणका वचन लाई आधार बनाएर हामीले आफु भित्र आफैमा डुबुल्कि मार्दै आफु तथा आफनो खोजी लगायत आत्म चिन्तन लाई आत्म साथ गरेर आफनो जीवन लाई अगाडी बढाउदै जीवनको अन्तिम घडी तथा लक्ष्य सम्म माक्ष प्राप्तिको मार्गमा अगाडी बढ्दै जाने तथा आफनो जीवन लाई सक्षम, सवल सफल तथा सन्तुष्टि बनाउने काम बाट नै परमात्मा बाट प्राप्त यो जन्मको सहि सदुपयोग गरेर अगाडी बढ्ने काम गर्नु हामी मानिसको आजको महान कर्तव्य हो । अनि मात्र आध्यात्म र म विचको सम्बन्ध को अर्थ लाई सहज रुपमा केलाउन सकिन्छ । सायद यस खालका काम, कर्तव्य, सेवाको कारण अर्काे युगमा पनि सक्षम, सबल तथा सर्व शक्तिमान मानवको रुपमा हाम्रो पूर्नर जीवन हुने कुरामा दुईमत रहन सक्ने छैन । हरिः ॐ तत्सत् । !

(मध्यपश्चिमाञ्चल विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बांके पाठ्यक्रम तथा मूल्याङ्न शिक्षण समिति प्रमुख)

प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७     1:11:55 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *