कोहलपुर
कोहलपुर नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माविमा शिक्षक– अभिभावक संघ गठन गरिएको छ । शनिबार एक भेलाका बीचमा सर्वसहमत रुपमा विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो ।
भेलाले कृष्ण कुँवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, महिला र अभिभावक सदस्य रहन्छन् ।
उक्त समितिको कार्यकाल २ वर्ष हुनेछ । विद्यालयका प्रधानाध्यापक धर्मराज रेग्मीले समितिमा एकजना शिक्षक प्रतिनिधिलाई थप्ने गरी अन्य सदस्यलाई पूर्णता दिइएको जानकारी दिए । उक्त समितिले काम विद्यालय शुल्क निर्धारण गर्ने देखि विद्यालयको शैक्षिक विकासको लागि महत्वपूर्ण भूमिका खेल्छ ।
यस्तै विद्यालयको सामाजिक लेखा परिक्षणको संयोजक नै समितिको अध्यक्ष रहने व्यवस्था रहेको छ ।अध्यक्ष कुँवरले विद्यालयको पठनपाठन तथा गुणस्तरीय शिक्षाको लागि पहल गरिने बताएका छन् ।