7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सक्रिय हुन थाले एमाले र माओवादी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७  

कोहलपुर 

सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी ‐एमाले) र नेपाल कम्युनिष्ट पार्टी ‐माओवादी केन्द्र) ब्यँुताउने फैसला ग¥यो । न्यायधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले दलको नामसम्बन्धी विवादको विषयमा फैसला गर्दा यसअघि एकीकरणपूर्वका दुई दललाई जगाइदिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दलको नामसम्बन्धी विवादको छिनोफानो गर्दा पूर्ववत नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) ब्युँताइदिएपछि दूवै दल पूर्ववत अवस्थामा फर्किएका हुन् । तीन वर्ष अघि दुई ठूला बाम पार्टीहरुले गठबन्धन हुँदै पार्टी एकता गरेका थिए । तर पुस ५ को संसद विघठनको निर्णयपछि राजनीतिक रुपमा विभाजन भइसकेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) ऋषि कट्टेललाई दिएपछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्किएका हुन् ।

सो निर्णय पश्चात देशभर झै बाँके जिल्लामा समेत दुवै पार्टी सक्रिय हुन थालेका छन् । उनीहरुले एमाले र माओवादीको केन्द्रका नाममा पार्टी गतिविधि अघि बढाउन थालेका हुन् । बाँकेमा पार्टी गतिविधिलाई तिव्रता दिने काम सबैभन्दा पहिला एमालेले गरेको थियो । बाँकेमा २४ गते पार्टी कार्यालयमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी ‐एमाले )राख्यो ।

सोही दिन एमालेका बाँके जिल्ला संयोजक सुर्य ढकालको अध्यक्षता र नेता देवराज भारको प्रमुख आतिथ्यतामा एमालेको पाँचौ पुर्ण बैठक बसेको थियो । उक्त बैठकले सर्वोच्च अदालतबाट भएको नेकपा ‐एमाले) ब्युताउँने निर्णयको स्वागत पनि गरेको हो । यस्तै २५ गते पनि दुवै पार्टीले फरक पार्टीका नाममा आफना् गतिविधि गरे ।

नेपाल कम्युनिष्ट पार्टी ‐माओवादी केन्द्र)ले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको थियो । जुन माओवादी केन्द्र व्युतिएपछिको पहिलो जमघट समेत हो । उनीहरु कोहलपुरस्थित शहिद स्मृति भवनमा जम्मा भएका थिए । उक्त भेलाले सर्वहारा बर्गसँग जोडिएका जनजिविकाका सवाललाई पार्टीले दह्रोसँग उठाउनुपर्ने जोड दिएको छ ।

माओवादी केन्द्रका कोहलपुर नगर सचिव बल बहादुर खड्काका अनुसार भेलाले विभिन्न निर्णय गरेको छ । उनले पार्टी गतिविधिहरुलाई तिव्रता दिनको लागि जिल्लाभर एक महिने अभियान चलाउने निर्णय भएको सचिव खड्काले जानकारी दिए ।

अब जिल्ला संगठन विस्तारका साथै अन्य गतिविधि समेत तीव्र रुपमा अघि बढ्ने उनले बताए । यसैगरी प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‐अथक)को सचिवालयले सुइयाँ आगलागी पीडितहरुको घर निर्माण गर्नको लागि सव डिभिजन बन कार्यालय जमुनीलाई आग्रह गरेको छ । त्यहाँ पनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै नेकपा एमालेले बाँकेको नरैनापुर १ सुईयामा आगलागी पिडित २५ घरपरिवारलाई राहत वितरण गरेको हो । प्रति परिवार १ बोरा चामाल,नुन,तेल र दाल वितरण गरिएको नेकपा एमालेका जिल्ला संयोजक सुर्य ढकालले जानकारी दिए ।

यस्तै बुधबार एमालेले मुस्लिम संगठन नेपालको जिल्ला भेलाको आयोजना गरेको हो । अब जिल्लामा केन्द्रमा झै एमाले पहिलो पद हुनेछ । नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलको रुपमा रहनेछ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७     8:37:06 AM  |