7 September 2024  |   शनिबार, भदौ २२, २०८१

आज नेचर कञ्जरभेषण, बाँके निकुञ्जको मुख्यालयमा कार्यक्रम हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

कोहलपुर ।

बाँकेमा नेपाली सेना दिवसको अवसरमा आज दोस्रो नेचर कञ्जरभेषण (रन फर फन) कार्यक्रम हुँदैछ । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय शम्शेरगञ्जमा कार्यक्रम हुन गइरहेको हो । दोस्रो नेचर कञ्जरभेषणमा विभिन्न खेलहरु समेटिएको नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले जानकारी दिए ।

‘बुधबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ’ उनले भने, ‘दोस्रो नेचर कञ्जरभेषणमा दौड र साईक्लिङ्ग प्रतियोगिता हुनेछ ।’ आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले दिएको जानकारी अनुसार नेचर कञ्जरभेषणमा २१ किलोमिटर हाफ म्याराथुन दौड (पुरुष), १० किलोमिटर खुल्ला दौड (महिला), ५ किलोमिटर खुल्ला दौड (महिला र पुरुष) र २५ किलोमिटर साईक्लिङ्ग प्रतियोगिता हुनेछ । आज बिहान सात बजे यी सबै प्रतियोगिताहरु बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय शम्शेरगञ्जमा हुनेछन् ।

यो कार्यक्रमले नेपाली सेना र नागरिकको सम्बन्ध अझ प्रगाढ बनाउँदै संरक्षणमा समेत सहयोग पु¥याउने अपेक्षा लिइएको छ । ‘यस्ता कार्यक्रमहरुले नेपाली सेना र नागरिकको सम्बन्ध प्रगाढ बनाउनमा सहयोग पु¥याउँछ’ सहायक रथी पाठकले भने, ‘यसले संरक्षणको साथै बाँके राष्ट्रिय निकुञ्जको प्रचार प्रसारमा समेत मद्दत पुग्छ ।’

कार्यक्रमले सैनिक नागरिक सम्बन्ध सुमधुर गर्न मद्दत, राष्ट्रिय निकुञ्जको प्रबद्र्धन तथा पर्यटन विकासमा टेवा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा थप टेवा पुग्ने, मनोरञ्जन सहितको शारिरीक तन्दुरुस्ती र विभिन्न निकायहरु बीच सम्पर्क तथा समन्वयको अवसर हुने अपेक्षा नेपाली सेनाले लिएको छ ।

आज हुने प्रतियोगितामा ३ सय बढी खेलाडीहरुको सहभागिता हुने उनले जानकारी दिए । दौडतर्फ २ सय ५० बढी खेलाडीहरु सहभागिता हुँदैछन् भने साईक्लिङ्गतर्फ ५० बढीको सहभागिता हुनेछ । सबै विधामा विजेता हुने खेलाडीहरुलाई नगद र प्रमाण समेत दिइने आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले जनाएको छ ।

प्रतियोगितामा सहभागि अन्य खेलाडीहरुलाई समेत प्रमाणपत्र दिइनेछ । प्रथम नेचर कञ्जरभेषण (रन फर फन) कार्यक्रम बर्दिया राष्ट्रिय निकुञ्जमा भएको थियो । प्रथम नेचर कञ्जरभेषणमा दौड मात्र समावेश गरिएको भएपनि दोस्रोमा भने साईक्लिङ्ग समेत थपिएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:06:26 AM  |