बर्दिया ।
बर्दियाको बाँसगढीमा रहेको केदारेश्वर धाममा धार्मिक महोत्सव सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले धार्मिक महोत्सवको उद्घाटन गरेकी थिइन् । धार्मिक पर्यटकहरु भित्र्याउन सके कोरोनाले कमजोर बनाएको अर्थतन्त्र उकास्न केही भएपछि सहयोग पु¥याउने उनले बताइन् ।
‘लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको अथाह सभ्भावना रहेको छ’ मन्त्री पौडेलले भनिन्, ‘अब धार्मिक पर्यटनलाई जिविकोपार्जनसँग
जोड्नुपर्छ ।’ सोमबारबाट सुरु भएको श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन (सप्तवर्षीय धार्मिक महोत्सव) आगामी २८ गतेसम्म चल्नेछ ।
श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन मुल समितिका संयोजक कृष्ण प्रसाद बाँस्तोलाले दैनिक विभिन्न धार्मिक कार्यक्रमहरु हुने जानकारी दिए । उनका अनुसार धार्मिक महोत्सवमा विहान ६ बजेदेखि १० बजेसम्म पुजन तथा श्रीमद् भागवत मूल पुराण, शिव पुराण, १० बजेदेखि साँझ ५ बजेसम्म तुलादान, चौरासी पूजा संगितमय कथा लगायत हुनेछ ।
‘यहाँ वर्षेनी यस्तो खालको धार्मिक महोत्सव हुँदै आएको छ’ समितिका संयोजक बाँस्तोलाले भने, ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि धार्मिक महोत्सव लगाइएको हो ।’ धार्मिक महोत्सवको उद्घाटन पूर्व बाँसगढी बजारबाट ¥याली समेत निकालिएको थियो । विभिन्न संघ संस्थाहरुले निकालेको ¥याली केदारेश्वर धाम परिसरमा पुगेको महोत्सव आयोजकले जनाएको छ ।